दाहाललाई फकाउने ओलीको निरन्तर असफल प्रयास

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २९, २०७७
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, मंसिर २९ ।
  • प्रधानमन्त्री एवं सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन्।
  • नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास निरन्तर असफल हुँदै आएका छन्।

काठमाडौं, मंसिर २९ । प्रधानमन्त्री एवं सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन्। नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास निरन्तर असफल हुँदै आएका छन्।

मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि गत बुधबार ओलीले दाहाललाई बालुवाटारमा बोलाएर भेटघाट गरे। भेटमा ओलीले वरिष्ठ नेता नेपालको साथ छाड्न आग्रह गर्दै दुई अध्यक्ष मिलेर अघि बढ्ने प्रस्ताव गरेका थिए। तर दाहालले सो विषयलाई खासै महत्व दिएनन्। मंसिर १७ गतेको स्थायी कमिटी बैठकअघि पनि ओलीले दाहाललाई भेटेका थिए। उनले त्यतिबेला बैठक रोकेर सहमतिका लागि आग्रह गरेका थिए। तर दाहालले यो कुरा बैठकमै राख्न भनेपछि ओलीले कुनै जवाफ फर्काएका थिएनन्। बुधबारको भेटघाटमा पूर्वएमालेका नेताहरूको साथ छाडेर आफूसँग सहकार्य गर्न आग्रह गरेका ओलीले आइतबारको बैठकअघि पनि दाहालसँग निरन्तर सहकार्यको प्रस्ताव राखेका छन्।

शनिबार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल निवास खुमलटार पुगेर ओलीको सन्देश सुनाएका थिए। स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले दुवै अध्यक्ष मिलेर अहिलेको समस्या समाधान गर्नुपर्ने र पार्टी एकताको भावनाअनुसार अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए। ओली पक्षले धेरैपटक गत भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णयलाई कार्यान्वन गर्ने र त्यही निर्णयलाई सहमतिको आधार बनाउनुपर्ने धारणा राख्दै आएका बेला मुख्यमन्त्री पोखरेलले पनि त्यही विषयलाई सहमतिको आधार बनाएर अघि बढ्नुपर्ने, त्यसका लागि प्रधानमन्त्री ओली तयार रहेको सन्देश सुनाएका थिए।

तर त्यही भेटमा दाहालले प्रधानमन्त्री ओलीले आफूसँग सल्लाह नै नगरी एकलौटी रूपमा संवैधानिक आयोगका पदाधिकारीको टुंगो लगाउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए। जवाफमा पोखरेलले प्रधानमन्त्रीले संवैधानिक आयोगमा नियुक्तिको विषयमा कुराकानी गर्न पनि चाहेको सन्देश प्रवाह गरेका थिए।नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरेन्द्र मोदीले गरे चीनको महत्वाकांक्षी परियोजनाको विरोध
नरेन्द्र मोदीले गरे चीनको महत्वाकांक्षी परियोजनाको विरोध
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब १६ लाख
खानेपानी मन्त्रालयको प्रगति विवरणः देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना
खानेपानी मन्त्रालयको प्रगति विवरणः देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना
राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलकाे नेता चयन
राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलकाे नेता चयन
आजको राशिफल
आजको राशिफल
जेन-जी आन्दोलनका घाइतेहरुको रोदन : आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ?
जेन-जी आन्दोलनका घाइतेहरुको रोदन : आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ?
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
नेकपाको सरकार बनेपछि उर्जा क्षेत्रमा उल्लेख्य काम भयो : नवनियुक्त राजदुत क्वात्रा
नेकपाको सरकार बनेपछि उर्जा क्षेत्रमा उल्लेख्य काम भयो : नवनियुक्त राजदुत क्वात्रा
परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन
परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन

तपाईंले छुटाउनुभयो कि?