वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ‘छाल’ आजदेखि बजारमा…

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ८, २०७३
|
|
२०१ पटक हेरिएको
Shares
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ‘छाल’ आजदेखि बजारमा…

सारांश

  • वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले लेख्नुभएको संस्मरणात्मक कृति ‘छाल’ आजदेखि बजारमा आएको छ ।
  • करिब ४० वर्षसम्म शर्माले सञ्चारका क्षेत्रमा बटुलेका अनुभवलाई पुस्तकमा समेटिएको छ ।
  • ‘गोरखापत्र’, ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’का माध्यमबाट गरिएको पत्रकारिता तथा समाचार सङ्कलनका सन्दर्भमा विभिन्न मुलुकमा पुगेका संस्मरण पुस्तकमा पाइन्छ ।

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले लेख्नुभएको संस्मरणात्मक कृति ‘छाल’ आजदेखि बजारमा आएको छ ।

करिब ४० वर्षसम्म शर्माले सञ्चारका क्षेत्रमा बटुलेका अनुभवलाई पुस्तकमा समेटिएको छ । ‘गोरखापत्र’, ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’का माध्यमबाट गरिएको पत्रकारिता तथा समाचार सङ्कलनका सन्दर्भमा विभिन्न मुलुकमा पुगेका संस्मरण पुस्तकमा पाइन्छ ।

राप्रपाका अध्यक्ष कमल थापाले पुस्तकको विमोचन गर्दै पत्रकारिताका क्षेत्रमा शर्माले सँगालेका ज्ञान तथा विभिन्न राजनीतिक घटनाक्रममा विभिन्न अनुभवको सशक्त अभिव्यक्तिका रुपमा कृति आएको बताउनुभयो । उहाँले दोस्रो जनआन्दोलनपछि राजनीतिलाई सही निर्देशन गर्न नसकिएकाले देश अहिले अप्ठेरो अवस्थामा रहेको बताउँदै राष्ट्रियताका विषयमा सबै दलका नेता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्माले समाजलाई चनाखो बनाउने र समयसापेक्ष मार्गनिर्देश गर्नका लागि सञ्चार क्षेत्रको महत्व रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘वैदेशिक शक्तिले विभिन्न दललाई सङ्घीयताको विषय उठाउन लगाएकाले मुलुक अहिले विखण्डनको दिशातर्फ गइरहेको’ विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सञ्चार प्रविधिका बारेमा यथेष्ट ज्ञान दिने सो पुस्तक सञ्चार क्षेत्रमा लाग्नेका लागि विशेष उपयोगी रहेको बताउनुभयो । लेखक शर्माले सरकारी सञ्चारमाध्यमको जिम्मेवारी तथा समाचार सम्पादनका क्रममा केही राजनीतिज्ञबाट परेको दबाबका बारेमा पनि उक्त कृतिमा उल्लेख गरिएको जानकारी दिनुभयो  ।

 

 

 

श्रोत : रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य राज्यमन्त्रीविरुद्ध कमिशनखोर रैथाने सिन्डिकेट !
जेठ ५ गतेको राशीफल यस्तो छ, कुन राशीलाई के भय र कुनलाई के अवसर छ आज ?
आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत
आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
बजेटलाई अन्तिम रुप दिने बेला प्रधानमन्त्री र अर्थमन्त्री बीच लफडा
बजेटलाई अन्तिम रुप दिने बेला प्रधानमन्त्री र अर्थमन्त्री बीच लफडा
प्राधिकरणले विद्युत कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा
प्राधिकरणले विद्युत कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा
व्यवसायी दुर्गा प्रसाईंलाई कारवाही गर्न विद्यार्थीहरुको माग
व्यवसायी दुर्गा प्रसाईंलाई कारवाही गर्न विद्यार्थीहरुको माग
श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु
श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु
गायिका सुशिला गौतमलाई जवानीले ढुनुमुनु बनाएपछि…(भिडियो)
गायिका सुशिला गौतमलाई जवानीले ढुनुमुनु बनाएपछि…(भिडियो)
तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते
तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते

तपाईंले छुटाउनुभयो कि?