‘बाँध मायाले’, ‘धुम-३’ र ‘इन्टु मिन्टु लण्डनमा’ कसले मार्ला बाजी ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
‘बाँध मायाले’, ‘धुम-३’ र ‘इन्टु मिन्टु लण्डनमा’ कसले मार्ला बाजी ?

सारांश

  • काठमाडाैँ, ५ असाेज ।
  • यस हप्ता तीन नेपाली चलचित्र प्रदर्शनमा अाउँदै छन्।
  • रेनशा वान्तवाकाे निर्देशन रहेकाे ‘इन्टु मिन्टु लन्डनमा’ सविर श्रेष्ठकाे निर्देशन रहेकाे ‘बाँध मायाले’ र  जयकिशन बस्नेतकाे लेखन तथा निर्देशन रहेकाे ‘धुम ३’ प्रदर्शनमा अाउन लागेका हुन् ।

काठमाडाैँ, ५ असाेज । यस हप्ता तीन नेपाली चलचित्र प्रदर्शनमा अाउँदै छन्। रेनशा वान्तवाकाे निर्देशन रहेकाे ‘इन्टु मिन्टु लन्डनमा’ सविर श्रेष्ठकाे निर्देशन रहेकाे ‘बाँध मायाले’ र  जयकिशन बस्नेतकाे लेखन तथा निर्देशन रहेकाे ‘धुम ३’ प्रदर्शनमा अाउन लागेका हुन् । फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को सम्पुर्ण छायाँकन लन्डनमा भएको हो। कोरियोग्राफर रेनशा वान्तवा राईको यो निर्देशकीय डेब्यु फिल्म पनि हो। फिल्म मार्फत धिरज मगरले डेब्यू गरेका हुन्। फिल्ममा धिरजसँगै साम्राज्ञी राज्य लक्ष्मी शाहको अभिनय छ।लभस्टोरी विधामा बनेको यस फिल्ममा प्रज्ज्वल समशेर जबरा र रेनशाकै कथा रहेको छ।

यस्तै, फिल्म ‘बाँध मायाले’लाई सवीर श्रेष्ठले निर्देशन गरेका हुन। फिल्ममा अभिनेता आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, राजाराम पौडेल लगायतको अभिनय छ। आर्यन र सृष्टिको यो तेश्रो फिल्म हो। तर उनीहरु पहिलोपटक एकसाथ पर्दामा देखिँदैछन्। ‘धुम ३’लाई जयकिशन बस्नेतले लेखन तथा निर्देशन गरेका हुन्। जयकिशन बस्नेत फिल्मसको ब्यानरमा बनेको फिल्ममा जयकिशन, एलिना रायमाझी, लय संग्रौला, शोभित बस्नेत, उत्तम केसी, सपना श्रेष्ठ लगायतको अभिनय छ। फिल्ममा टंक बुढाथोकी र ओम सुनारको संगीत रहेको छ।

तीन फिल्ममा बाँध मायाले र इन्टु मिन्टु लण्डनमा प्रेम कथामा अाधारित फिल्म हुन् भने जयकिशानकाे धुम ३ हाँस्य चलचित्र हाे । यस्ताेमा प्रतिस्पर्दा कडा देखिन्छ । कसले कस्ताे व्यापार गर्छ त्याे हेर्न बाँकि नै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?