प्रधानन्यायाधीश पराजुलीको भण्डारीलाई ज्यान मार्ने धम्की !
सारांश
- काठमाडौं, माघ १७ ।
- वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षा माग्दै निवेदन दिएका छन् ।
- बुधबार बिहान सिडिओ कार्यालय गएर अधिवक्ता भण्डारीले जिउज्यानको सुरक्षाको माग गर्दै निवेदन दिएका हुन् ।
काठमाडौं, माघ १७ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षा माग्दै निवेदन दिएका छन् ।
बुधबार बिहान सिडिओ कार्यालय गएर अधिवक्ता भण्डारीले जिउज्यानको सुरक्षाको माग गर्दै निवेदन दिएका हुन् ।
प्रधानन्यायाधीश पराजुलीले डा. गोविन्द केसीको मुद्दामा बहस पैरवी गरेकोप्रति प्रतिशोध साँधेर आफुमाथि बेलाबेलामा धम्की दिएको भण्डारीले उल्लेख गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर समेत रहेका केसीले प्रधान्यायाधीश पराजुलीकाबारे उठाएका प्रश्नको मुद्दामा भण्डारीले मुख्य वकिलको रुपमा वहस गरेका थिए ।
बहस सकिएकै दिन पुस २६ गते साझ ५ः३० बजे पराजुलीले फोन गरेर आफूलाई म तपाईलाई मार्दिन्छु भन्दै धम्क्याएको भण्डारीले बताए । गत बिहिबार आफूले लेखेको लेख नागरिकमा छापिएपछि पनि पराजुलीले फोन गरेर धम्क्याएको भण्डारीले बताए । 
Prabhat Kiran
गाेपाल पराजुलि न्यायाधीश हाे कि गुन्डा नाईके??