प्रधानन्यायाधीश पराजुलीको भण्डारीलाई ज्यान मार्ने धम्की !

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश पराजुलीको भण्डारीलाई ज्यान मार्ने धम्की !

सारांश

  • काठमाडौं, माघ १७ ।
  • वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षा माग्दै निवेदन दिएका छन् ।
  • बुधबार बिहान सिडिओ कार्यालय गएर अधिवक्ता भण्डारीले जिउज्यानको सुरक्षाको माग गर्दै निवेदन दिएका हुन् ।

काठमाडौं, माघ १७ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षा माग्दै निवेदन दिएका छन् ।

बुधबार बिहान सिडिओ कार्यालय गएर अधिवक्ता भण्डारीले जिउज्यानको सुरक्षाको माग गर्दै निवेदन दिएका हुन् ।

प्रधानन्यायाधीश पराजुलीले डा. गोविन्द केसीको मुद्दामा बहस पैरवी गरेकोप्रति प्रतिशोध साँधेर आफुमाथि बेलाबेलामा धम्की दिएको भण्डारीले उल्लेख गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै वरिष्ठ अधिवक्ता भण्डारी ।

त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर समेत रहेका केसीले प्रधान्यायाधीश पराजुलीकाबारे उठाएका प्रश्नको मुद्दामा भण्डारीले मुख्य वकिलको रुपमा वहस गरेका थिए ।

बहस सकिएकै दिन पुस २६ गते साझ ५ः३० बजे पराजुलीले फोन गरेर आफूलाई म तपाईलाई मार्दिन्छु भन्दै धम्क्याएको भण्डारीले बताए । गत बिहिबार आफूले लेखेको लेख नागरिकमा छापिएपछि पनि पराजुलीले फोन गरेर धम्क्याएको भण्डारीले बताए । 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prabhat Kiran

    गाेपाल पराजुलि न्यायाधीश हाे कि गुन्डा नाईके??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनपत्नी सबिनासँग ट्राफिक प्रहरीले असभ्य व्यवहार गरेको सचिवालयको स्पष्टीकरण
बालेनपत्नी सबिनासँग ट्राफिक प्रहरीले असभ्य व्यवहार गरेको सचिवालयको स्पष्टीकरण
यसरी भयो बुढीगण्डकी आयोजना गेजुवालाई दिने निर्णय
यसरी भयो बुढीगण्डकी आयोजना गेजुवालाई दिने निर्णय
मंसीर ४ गतेको राशिफल यस्तो छ
मंसीर ४ गतेको राशिफल यस्तो छ
‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ माधव नेपाल
‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ माधव नेपाल
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
मन्त्री अधिकारीको अन्त्येष्टी गृह जिल्ला कास्कीमा गरिने
मन्त्री अधिकारीको अन्त्येष्टी गृह जिल्ला कास्कीमा गरिने
बाबुरामको प्रश्न : यस्तो सरकार किन चाहियो ?
बाबुरामको प्रश्न : यस्तो सरकार किन चाहियो ?
यकारण छोड्यो सर्वोच्चले चेलीबेटी बेचबिखनका ‘नाइके’ वडाअध्यक्षलार्इ
यकारण छोड्यो सर्वोच्चले चेलीबेटी बेचबिखनका ‘नाइके’ वडाअध्यक्षलार्इ

तपाईंले छुटाउनुभयो कि?