ओलीसँग मोदी मख्ख

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ६, २०७६
|
|
१७ पटक हेरिएको
Shares
ओलीसँग मोदी मख्ख

सारांश

  • काठमाडौं, ६ असार ।
  • प्रधानमन्त्री केपी ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी खुशी भएका छन् ।
  • उनले शुक्रबार ट्वीटमार्फत् ओलीलाई योग दिवसको कार्यक्रममा सहभागी भएकोमा धन्यवाद समेत दिएका छन् ।

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी खुशी भएका छन् । उनले शुक्रबार ट्वीटमार्फत् ओलीलाई योग दिवसको कार्यक्रममा सहभागी भएकोमा धन्यवाद समेत दिएका छन् ।विश्व योग दिवसमा प्रधानमन्त्री ओली राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा भारतीय राजदूत मञ्जिभ सिंह पुरी पनि सहभागी थिए । यसको जानकारी मोदीलाई तत्काल पुगेको थियो । ओली योग दिवसमा व्यक्तिगत रुपमा सहभागी भएकोमा मोदी खुशी भएको बुझिएको छ ।मोदीले ट्वीटमा भनेका छन्,‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’

नेपाली भाषामा नै ओलीलाई मोदीले धन्यवाद दिनुलाई अर्थपूर्ण मानिएको छ । ओली विश्व योग दिवसमा सहभागी भएका थिए ।योग दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै भनेका थिए,‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदिबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत् मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ बनाउने सफलता मिलोस्, शुभकामना ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नोट प्रतिबन्धको बहनामा मोदिले दिए भारतलाइ ठुलो सास्ती ! जताततै यसको बिरोध…
नोट प्रतिबन्धको बहनामा मोदिले दिए भारतलाइ ठुलो सास्ती ! जताततै यसको बिरोध…
निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट
निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
फुटबल हारेको टिमजस्तो कांग्रेस-विश्वप्रकाश शर्मा
फुटबल हारेको टिमजस्तो कांग्रेस-विश्वप्रकाश शर्मा
मर्निंग वाक हिडेका ८० वर्षीय वृद्धा बल्खुबाट बेपत्ता
मर्निंग वाक हिडेका ८० वर्षीय वृद्धा बल्खुबाट बेपत्ता
सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी
सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी
प्रधानमन्त्रीलाई नौ मन्त्रालयको भारी
प्रधानमन्त्रीलाई नौ मन्त्रालयको भारी
बजेटलाई अन्तिम रुप दिने बेला प्रधानमन्त्री र अर्थमन्त्री बीच लफडा
बजेटलाई अन्तिम रुप दिने बेला प्रधानमन्त्री र अर्थमन्त्री बीच लफडा
श्वेता खड्काको प्रश्न : उहाँलाई गर्ने मायाको मापन पत्रकारको कलमले कसरी गर्न सक्छ ?
श्वेता खड्काको प्रश्न : उहाँलाई गर्ने मायाको मापन पत्रकारको कलमले कसरी गर्न सक्छ ?
यसकारण गर्दैछ सशस्त्र प्रहरीले सीमाक्षेत्रमा ‘फोर्स मार्च’
यसकारण गर्दैछ सशस्त्र प्रहरीले सीमाक्षेत्रमा ‘फोर्स मार्च’

तपाईंले छुटाउनुभयो कि?