प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता, यस्ता छन् गम्भीर आरोप !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०७४
|
|
२०४२ पटक हेरिएको
Shares
प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता, यस्ता छन् गम्भीर आरोप !

सारांश

  • काठमाडौँ , बैशाख १७– प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध  महाभियोग प्रस्ताव  व्यवस्थापिका संसद सचिवालयमा   दर्ता गराइएको छ ।
  • सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको , कार्यविधि कानुनको पालना नगरेको लगायतको आरोप लगाउँदै  संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ (१) अनुसार संसद सचिवालयमा आइतबार अपरान्ह ४ बजे  पुगेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।
  • संसद सचिवालयमा कांग्रेस र माओवादी केन्द्रका   २५१ सांसदको हस्ताक्षरसहित  प्रस्ताव दर्ता गरिएको हो ।

काठमाडौँ , बैशाख १७– प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध  महाभियोग प्रस्ताव  व्यवस्थापिका संसद सचिवालयमा   दर्ता गराइएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको , कार्यविधि कानुनको पालना नगरेको लगायतको आरोप लगाउँदै  संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ (१) अनुसार संसद सचिवालयमा आइतबार अपरान्ह ४ बजे  पुगेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

संसद सचिवालयमा कांग्रेस र माओवादी केन्द्रका   २५१ सांसदको हस्ताक्षरसहित  प्रस्ताव दर्ता गरिएको हो ।  महाभियोग प्रस्ताव दर्ता गराउन कांग्रेसक नेता मीनबहादुर विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतलगायतका सांसद संसद सचिवालय पुगेका थिए ।

सरकारद्वारा सुशीला कार्कीमाथि लगाइएका ९ आरोप 
१. प्रधानन्यायाधीश कार्कीले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको ।
२. आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको ।
३. न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको ।
४. कार्यविधि र कानुनको पालना नगरेको ।
५. न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको ।
६. शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको ।
७. सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको ।
८. न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको ।
९. खराब आचरण गरेको ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
एनआरएनए हङकङको अध्यक्षमा टीका गुरुङ निर्विरोध
एनआरएनए हङकङको अध्यक्षमा टीका गुरुङ निर्विरोध
स्थानीय चुनाव जसरी पनि कांग्रेसको पक्षमा पार्नुपर्छः कोइराला
स्थानीय चुनाव जसरी पनि कांग्रेसको पक्षमा पार्नुपर्छः कोइराला
सरकारको अनुमतिविनै धमाधम विद्यार्थी भर्ना
सरकारको अनुमतिविनै धमाधम विद्यार्थी भर्ना
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
यौनकर्मी लाइ चेक दिएपछी…
यौनकर्मी लाइ चेक दिएपछी…
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार
इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार
प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप
प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

तपाईंले छुटाउनुभयो कि?