एनआरएनए हङकङको अध्यक्षमा टीका गुरुङ निर्विरोध

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
१५ पटक हेरिएको
Shares
एनआरएनए हङकङको अध्यक्षमा टीका गुरुङ निर्विरोध

सारांश

  • म्याग्दी ।
  • गैर आवासिय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा म्याग्दीकी टिका (राधिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छिन् ।
  • शनिवार भएको छैटौँ अधिबेशनमा गुरुङ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् ।

म्याग्दी । गैर आवासिय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा म्याग्दीकी टिका (राधिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छिन् । शनिवार भएको छैटौँ अधिबेशनमा गुरुङ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् ।

छैठौँ अधिवेशन चलिरहँदा अन्तिम समयमा अध्यक्ष पदका प्रत्याशी कोमल गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गुरुङ निर्विरोध अध्यक्षमा चुनिएकी हुन् । अधिबेशनबाट उपाध्यक्षमा निरञ्जन गुरुङ र कर्मा गुरुङ समेत निर्विरोध चुनिएका छन् ।

अधिवेसनबाट एक अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक र ९ जना सदस्य गरी १८ जना चुनिने नयाँ कार्यसमितिका लागि दुई पदमा बाहेक अरु सबै पदहरुमा निर्विरोध भएको बताईएको छ । अधिवेसनमा महासचिव र महिला संयोजक पदका लागि मात्र निर्वाचन भएको बताईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?