नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने

सारांश

  • काठमाडौं, १९ असार ।
  • नेपाल कम्युनिस्ट पार्टीले अध्यक्ष, पदाधिकारी, महाधिवेशन प्रतिनिधि लगायतका विभिन्न तहको नेता बन्न योग्यता र आधार तय गरेको छ ।
  • नेकपाले आफ्नो विधानको मस्यौदामा त्यस्तो योग्यताको व्यवस्था गरेको छ ।

काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टीले अध्यक्ष, पदाधिकारी, महाधिवेशन प्रतिनिधि लगायतका विभिन्न तहको नेता बन्न योग्यता र आधार तय गरेको छ । नेकपाले आफ्नो विधानको मस्यौदामा त्यस्तो योग्यताको व्यवस्था गरेको छ ।

अध्यक्ष बन्नका लागि केही निश्चित योग्यता तोकिएको छ । अध्यक्ष बन्न कम्तिमा पोलिटब्युरो सदस्य भएको हुनुपर्ने नयाँ विधानमा राखिएको छ । आगामी महाधिवेशनमा भने दुबै पार्टीमा पोलिटब्युरो सदस्य भइसकेका नेता मात्र अध्यक्ष पदमा उम्मेदवार बन्न पाउने व्यवस्था नयाँ विधानले गरेको छ ।

महाधिवेशनको प्रतिनिधि चुनिनका लागि संगठित सदस्य भई कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने व्यवस्था मस्यौदामा छ । महिला, दलित, सिमान्तकृत, जनजाति र अपांगता भएका व्यक्तिको हकमा भने संगठित सदस्य भई ७ वर्ष काम गरेको भए पुग्ने व्यवस्था छ । केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्य हुन १ कार्यकाल पोलिटब्युरो सदस्य भएको र पोलिटब्युरो सदस्य हुन कम्तीमा १ कार्यकाल केन्द्रीय कमिटीको पूर्ण सदस्य भएको हुनुपर्ने विधानमा उल्लेख छ।

केन्द्रीय सदस्यका लागि केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको वा संगठित सदस्य भई कम्तीमा १२ वर्ष काम गरेको र प्रदेश कमिटी सदस्य भई १ कार्यकाल वा जिल्ला कमिटीसदस्य भई २ कार्यकाल काम गरिसकेको हुनुपर्ने योग्यता व्यवस्था नयाँ विधानमा छ । केन्द्रीय अनुशासन आयोगको अध्यक्ष र सदस्यका लागि स्थायी कमिटी सदस्यको योग्यता पुगेको हुनुपर्ने विधान मस्यौदामा छ ।

केन्द्र्रीय लेखापरीक्षण आयोगको अध्यक्षका लागि पनि १ कार्यकाल स्थायी समिति सदस्य भएको हुनुपर्ने, केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष हुनका लागि पनि स्थायी समितिको सदस्य भइसकेको हुनुपर्ने र केन्द्रीय कमिटी वा केन्द्रीय निकायको पदाधिकारी वा सदस्य भई काम गरेको व्यक्ति केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन पाउने व्यवस्था नयाँ विधानमा छ ।

राष्ट्रिय परिषद् सदस्य हुन जिल्ला कमिटीका अध्यक्षको सरह योग्यता भएको हुनुपर्ने र विभागीय सदस्य हुन एक तह तल्लो कार्यकारी सदस्य भई काम गरेको हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?