सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप

सारांश

  • काठमाडौँ उपत्यका भित्र रहेका विभिन्न धार्मिकस्थलमध्येका एक हो चारुमती स्तुप ।
  • काठमाडौँ महानगरपालिका ७ स्थित यो ऐतिहासिक स्तुप चावहिलको सडक छेउमै रहेको छ ।
  • धन्दो चैत्य पनि भनिने यो स्तुपको ऐतिहासिक पृष्ठभूमि निकै पुरानो रहेको छ ।

काठमाडौँ उपत्यका भित्र रहेका विभिन्न धार्मिकस्थलमध्येका एक हो चारुमती स्तुप । काठमाडौँ महानगरपालिका ७ स्थित यो ऐतिहासिक स्तुप चावहिलको सडक छेउमै रहेको छ । धन्दो चैत्य पनि भनिने यो स्तुपको ऐतिहासिक पृष्ठभूमि निकै पुरानो रहेको छ । काठमाडौ उपत्यका भित्र रहेका केही अशोककालिन बौद्ध सम्पदा मध्ये चारुमती स्तुप पनि एक हो । यो स्तुप २ हजार ३ सय वर्ष पुरानो मानिन्छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिकरुपले महत्वपुर्ण चारुमती स्तुप बौद्ध मार्गीका लागि पवित्र तिर्थस्थलका रुपमा रहेको छ । यो स्तुपको निर्माण सम्राट अशोककी पुत्रीले गरेको विश्वास रहँदै आएको छ ।

किरातकालीन राजा स्थुंकाको शासनकालमा सम्राट अशोक आफ्नी छोरी चारुमतीका साथ काठमाडौँ आएका थिए । त्यतिबेला सम्राट अशोकले उपत्यकाको चारै दिशामा र केन्द्रमा गरी पाँचवटा स्तुप बनाएका थिए । त्यहि बेला उनले आफ्नी छोरीको विहे स्थानीय राजकुमार देवपालसँग गराइदिएका थिए । चारुमतीले पति देवपालको निधन पछि उनको स्मरणको यो स्तुप निर्माण गर्न लगाएकी थिइन् । नेवारी भाषामा चारुमती बहिल नाम रहेको यही स्तुपको नामबाट नै यस स्थानको नाम चाबहिल रहन गएको हो । करिब १५ वर्ष अघि यो स्तुप चर्किएका कारण जीर्ण अवस्थामा पुगेको थियो । त्यतिबेला भिक्षु तपस्सी धम्मको नेत्तृत्वमा स्तुपको जिर्णोद्वार गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?