बढ्यो सुनको मूल्य
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
- कारोबार साताको पाँचौ दिन बिहीबार प्रतितोला ८०० ले घटेको सुनको मूल्य कारोबार साताको अन्तिम दिनमा आउँदा शुक्रबार प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको पाँचौ दिन बिहीबार प्रतितोला ८०० ले घटेको सुनको मूल्य कारोबार साताको अन्तिम दिनमा आउँदा शुक्रबार प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य आज १ हजार ४२५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले बढेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया