संसारीमाई महापूजा आजबाट शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
संसारीमाई महापूजा आजबाट शुरु

सारांश

  • गौशाला, १६ वैशाख , महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रत्येक पाँच वर्षमा मनाउँदै आएको संसारीमाईको महापूजा आजबाट शुरु भएको छ ।
  • छ दिने यो महापूजाको आज पहिलो दिन संसारीमाईको मन्दिर (गहवर) को विशेष सरसफाइ गरिएको छ ।
  • साथै जिल्ला सदरमुकाम जलेश्वर नगरको प्रत्येक भागको सरसफाइसमेत गरिएको छ ।

गौशाला, १६ वैशाख , महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रत्येक पाँच वर्षमा मनाउँदै आएको संसारीमाईको महापूजा आजबाट शुरु भएको छ ।

छ दिने यो महापूजाको आज पहिलो दिन संसारीमाईको मन्दिर (गहवर) को विशेष सरसफाइ गरिएको छ । साथै जिल्ला सदरमुकाम जलेश्वर नगरको प्रत्येक भागको सरसफाइसमेत गरिएको छ ।

यस महापूजाको दोस्रो दिन सोमबार कलश शोभायात्रा, मंगलबार लखराम पूजा र हनुमान आराधना, बुधबार अस्टजाम, बिहीबार विडी सलामी हुने कार्यक्रम रहेको पूजा समितिका अध्यक्ष अनिलकुमार झाले बताउनुभयो ।

महापूजाको अन्तिम दिन अर्थात् मुख्य दिन आउँदो शुक्रबार वैशाख २१ गतेका दिन बिहान ३ बजेदेखि दिउँसो १ बजेसम्म खोइछ भराइ कार्यक्रम हुनेछ भने सोही दिन दिउँसो ३ बजेदेखि संसारीमातालाई बलि प्रदान गर्ने कार्यक्रम छ ।

जलेश्वर नगरपालिकाको प्रत्येक घरबाट अनिवार्य बलि दिइने तथा अन्य विभिन्न गाउँठाउँ, विभिन्न जिल्ला र भारतबाट समेत यस महापूजामा बोका, हाँस, कुखुरा, परेवा, सुँगुर र राँगासहित करीब १० हजार बलि प्रदान हुने जनाइएको छ । महापूजामा पाँच लाख श्रद्धालुले मेला भर्न आउने अनुमान गरिएको महापूजा समितिले जनाएको छ ।

अनादीकालमा जलेश्वरमा महामारी आएर दर्जनौँ व्यक्तिको मृत्यु भइरहेको बेला स्थानीयले संसारीमाईलाई आह्वान गरी माहामारी रोके पूजा गर्ने वचनबद्धता प्रकट गरेपछि माता संसारीले महामारी रोकिदिएको र सोही बेलादेखि स्थानीयले माता संसारीको पूजा गर्दै आएको किम्बदन्ती छ । तर यो पूजा कहिले र कसले शुरु गरेको भन्ने बारेमा कसैलाई थाहा छैन ।

पहिला–पहिला प्रत्येक १२ वर्षमा यो महापूजा हुँदै आएको थियो । त्यसपछि सात वर्ष र विगत दुई वटा महापूजा पाँच÷पाँच वर्षको अन्तरालमा भएको थियो । त्यस्तै पाँच वर्षको अन्तरालमा हुने यो महापूजा तेस्रो रहेको महापूजा समितिका अध्यक्ष झाले बताउनुभयो ।

महापूजाका लागि पूरै जलेश्वरलाई दुलहीझैँ सिंगारिएको छ भने यो महापूजामा रु ३५ देखि ४० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन
रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन
एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
गायक पवन कुमार वलीको झ्याउरे गीत ‘साइलो दाई’ सार्वजनिक (भिडियो सहित)
गायक पवन कुमार वलीको झ्याउरे गीत ‘साइलो दाई’ सार्वजनिक (भिडियो सहित)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
पोर्चुगलको युरोकपमा विजयी शुरुवात
पोर्चुगलको युरोकपमा विजयी शुरुवात
मतपत्र च्यातेर रेणुलाई जिताउने मधु न्यौपानेको भब्य अभिनन्दन
मतपत्र च्यातेर रेणुलाई जिताउने मधु न्यौपानेको भब्य अभिनन्दन
बुहारी मार्ने अधिकारी पुर्पक्षमा
बुहारी मार्ने अधिकारी पुर्पक्षमा
जन्मदिनमा अपाङ्ग लाई जिन्सी प्रदान
जन्मदिनमा अपाङ्ग लाई जिन्सी प्रदान
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
पाेखरा प्रिमियर लिग: बुटवल ब्लास्टर्सलाई १ सय ७३ रनको लक्ष्य
पाेखरा प्रिमियर लिग: बुटवल ब्लास्टर्सलाई १ सय ७३ रनको लक्ष्य

तपाईंले छुटाउनुभयो कि?