बिरामी छोरीको उपचार गर्न नसक्दाको पीडा
सारांश
- चरम गरीबीका कारण बिरामी छोरीको उपचार खर्च जुटाउन नसक्दा जाजरकोट भेरी नगरपालिका १ मैदेका टीके परियारको परिवार निकै समस्यामा परेको छ ।
- साँझ बिहानको हातमुख जोर्नसमेत मुस्किल पर्ने परिवारकी ६ वर्षीया छोरी प्रेमकला लामोसमयदेखि बिरामी छिन् ।
- जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि ठूला अस्पताल लैजाने हैसियत नभएपछि बिरामी छोरीको अबस्था हेर्दै बस्न बाध्य छ भएको टीके परियारको परिवार ।
चरम गरीबीका कारण बिरामी छोरीको उपचार खर्च जुटाउन नसक्दा जाजरकोट भेरी नगरपालिका १ मैदेका टीके परियारको परिवार निकै समस्यामा परेको छ ।
साँझ बिहानको हातमुख जोर्नसमेत मुस्किल पर्ने परिवारकी ६ वर्षीया छोरी प्रेमकला लामोसमयदेखि बिरामी छिन् । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि ठूला अस्पताल लैजाने हैसियत नभएपछि बिरामी छोरीको अबस्था हेर्दै बस्न बाध्य छ भएको टीके परियारको परिवार ।
उनले छोरीको उपचार गर्न गाँउमा ऋण खोज्न लाख कोशिस गर्दा पनि कसैले नपत्याएको दुःख पोखिन् प्रेमकलाकी आमा शितला परियारले । छोरीको औषधिका लागि पैसाको जाहो गर्न तीन महिना अघि टिके परियार भारत गएका छन् ।
जन्मेको तीन महिनासम्म उनको स्वास्थ्य राम्रो थियो । अहिले उनी बोल्न नसक्ने, आँखा नदेख्ने र उभिन पनि नसक्ने बनेकी छन् । उनकी आमा शितलाले भनिन्, ‘जिल्लामा उपचार हुन नसक्ने भनेर पठाए । ठूला अस्पताल लैजान पैसा भएन । दुई छाक खान नसक्ने अवस्था छ, उपचार कसरी गर्ने ? छाकको जोहो गरांै कि बिरामी छोरीको स्याहार ।’
टिके परियारको सम्पतिको नाममा सानो खरको झपडी र अलिकति पाखो छ । घरमा हुँदा टीकेले ज्याला मजदुरी गरेर परिवारको गर्जो टादै आएका थिए । घरमूली भारत गएपछि अहिले उनको परिवारलाई छाक टार्न समेत मुस्किल परेको छ । पैसा कमाएर छोरीको उपचार गर्ने कालापाहाड हानिएका टीके कहिले फर्किने हुन केही टुंगाे छैन ।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?