एउटै कोठामा तीनवटा मन्त्रालय !
सारांश
- काठमाडौं, माघ २८ ।
- हत पतको काम लतपत भनेको यही होला ।
- अहिले यस्तै दृश्य देख्न पाइन्छ प्रदेश नम्बर सातको सदमुकाम धनगढीमा ।
काठमाडौं, माघ २८ । हत पतको काम लतपत भनेको यही होला । अहिले यस्तै दृश्य देख्न पाइन्छ प्रदेश नम्बर सातको सदमुकाम धनगढीमा ।
केन्द्रबाट सातवटा मन्त्रालय प्रदेशमा पुगेका छन् । गत बिहीबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको कार्यालयहरु सञ्चालनमा आएका हुन् ।
यस्तै अन्य चार मन्त्रालयहरु आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सहितका सात मन्त्रालय त्यहाँ रहनेछन् । यी मध्य तीन मन्त्रालय सञ्चालनमा आएका छन् भने बाँकी चार मन्त्रालय सञ्चालनमा आउने तयारी हुँदैछ ।
सञ्चालनमा आएका तीन मन्त्रालय समेत अत्यन्त सकसपूर्ण ढंगले अगाडि बढिरहेका छन् । न त भौतिक संरचना,न त कर्मचारी । यस्तै अभाव र तनावमा चलिरहेका छन् यहाँका प्रदेश कार्यलयहरु ।
सामान्य प्रशासन मन्त्रालयले मुख्य सचिवदेखि मार्यादापालकसम्म २८७ जना कर्मचारी खटाएको छ । जसमध्ये हालसम्म ३२ जना मात्रै धनगढी आइपुगेको जनाइएको छ । मुख्यमन्त्रीको कार्यालयमा मुख्य सचिव, २ जना सचिव, १/१ जना उप–सचिव, नासु, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी गरी ८ जना कर्मचारी आइपुगेका छन । यस्तै प्रदेश प्रमुखको कार्यालमा सचिव, उपसचिव र शाखा अधिकृत गरी ३ जना आइपुगेका छन् ।
कम्युटर समेत नहुँदा कर्मचारीहरुले मोवाइलबाट चिठिपत्र पठाउने काम गरिरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कणेल शुन्य लेभलबाट काम सुरु गरेको हुँदा चुनौती रहेको स्वीकारे । थपे क्रमिक रुपमा सुधार हुदै जाने बताँउछन् ।
Mahendra Budhathoki
सेरेलाइ पोइसा आफन्त लाई करोडौं बाड्न पुगि राको छ अरु के चाइयो
Mahesh Dhamala
Ramro