ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?
सारांश
- काठमाडौं, माघ ६ ।
- नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच तत्काल एकता गर्नेगरि दुई पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आ–आफ्नो पार्टीभित्र आन्तरिक छलफलमा व्यस्त छन् ।
- हिजो साँझ दुई नेताहरुवीच वान–टु–वान वार्ता भएको भोलिपल्टै दुई नेताहरु आ–आफ्नो पार्टीभित्र छुट्टाछुट्टै भेटवार्तामा व्यस्त छन् ।
काठमाडौं, माघ ६ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच तत्काल एकता गर्नेगरि दुई पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आ–आफ्नो पार्टीभित्र आन्तरिक छलफलमा व्यस्त छन् ।
हिजो साँझ दुई नेताहरुवीच वान–टु–वान वार्ता भएको भोलिपल्टै दुई नेताहरु आ–आफ्नो पार्टीभित्र छुट्टाछुट्टै भेटवार्तामा व्यस्त छन् । एमाले अध्यक्ष ओलीले आज विहानै आफू निकट केही शीर्ष नेताहरुसँग बसेर भोलि एकता संयोजन समितिको बैठक बस्नुअघि नै सबै कुरा टुँगो लगाउनेगरि आफूले मुभ गर्न लागेको जानकारी गराएका थिए ।
एकतामा ढिलार्इको कारणः अोलीलार्इ एमालेभित्रका ‘माअोवादी’को डर
यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफ्नो पार्टीभित्र शीर्ष नेताहरुसँग हिजोको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । उनले पनि अब एकता चाँडै टुँगोमा पुग्ने विश्वास दिलाएको स्रोतको दाबी छ ।
प्रतिक्रिया