महाअभियोगविरुद्ध एमाले भात्री संगठनको मसाल जुलुस !
सारांश
- ७ वैशाख,काठमाडौं ।
- सत्ता गठबन्धनले स्वतन्त्र न्यायालयमाथि आक्रमण गरेको भन्दै एमाले निकट युवा संघ नेपालले मसाल जुलुस प्रर्दशन गरेको छ ।
- प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव भारतीयहरुको इशारामा स्वतन्त्र न्यायालयमाथि गरिएको आक्रमण भन्दै युवा संघले मसाल जुलुस प्रर्दशन गरेको हो ।
७ वैशाख,काठमाडौं ।सत्ता गठबन्धनले स्वतन्त्र न्यायालयमाथि आक्रमण गरेको भन्दै एमाले निकट युवा संघ नेपालले मसाल जुलुस प्रर्दशन गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव भारतीयहरुको इशारामा स्वतन्त्र न्यायालयमाथि गरिएको आक्रमण भन्दै युवा संघले मसाल जुलुस प्रर्दशन गरेको हो ।
युवा संघ नेपालले आइतवार साँझै नयाँ बानेश्वर प्रधानमन्त्री र कांग्रेस सभापति शेरवहादुर देउवाको पुत्ला दहन गरेको छ ।
सत्ता गठबन्धनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको घटनालाई स्वतन्त्र न्यायालयमाथिको आक्रमण भन्दै एमालेका भातृसंगठनले आन्दोलन घोषणा गरेका छन् । न्यायपालिकामाथिको आक्रमण अस्वीकार्य भन्दै अनेरास्ववियु र युवा संघले आन्दोलन घोषणा गरेका हुन् ।
महाअभियोग विरुद्ध अनेरास्ववियुले आइतवार साँझ बागबजारमा मसाल जुलुस निकालेको छ । सरकार र सत्तापक्षको बिरुद्ध नाराबाजी गर्दै मसाल जुलुस प्रदर्शन गरेको अनेरास्ववियुले स्थानीय चुनाव हुन नदिन सत्तापक्ष अदालतमाथि जाइलागेको आरोप लगाएको छ ।
मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष नविना लामा र महासचिव ऐन महरले भ्रष्टाचारका मुद्दाको फैसला हुन लागेपछि डराएर सत्ताधारी नेताहरु महाअभियोगमा उत्रिएका आरोप लगाएर । अखिलको सोमवार स्थायी कमिटी बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने महासचिव ऐन महरले बताए ।
प्रतिक्रिया