नारायमान विजुक्छे माथि गम्भिर आरोप लगाउँदै किन खनिए माधव नेपाल ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
नारायमान विजुक्छे माथि गम्भिर आरोप लगाउँदै किन खनिए माधव नेपाल ?

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल मजदूर किसान पार्टी(नेमकिपा)लाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गरेका छन् ।
  • भक्तपुरको सिर्जनानगरमा श्रमजीवी महिला तथा बाल कल्याण परिषदद्वारा सञ्चालित भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरको १६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै नेता नेपालले यस्तो आग्रह गरेका हुन् ।
  • उनले भने, “नारायणमान बिजुक्छेजी अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस्, अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किदै गए त्यसको परिणाम विस्थापन नै हो, त्यो बाटोतिर नलाग्नुस् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल मजदूर किसान पार्टी(नेमकिपा)लाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गरेका छन् । भक्तपुरको सिर्जनानगरमा श्रमजीवी महिला तथा बाल कल्याण परिषदद्वारा सञ्चालित भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरको १६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै नेता नेपालले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, “नारायणमान बिजुक्छेजी अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस्, अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किदै गए त्यसको परिणाम विस्थापन नै हो, त्यो बाटोतिर नलाग्नुस् ।”

आफ्ना प्रतिपक्षलाई पनि उत्तिकै सम्मान गरे पनि दिगो रहने टिप्पणी गर्दै उनले एकाधिकार कायम गर्ने, दम्भको घोडामा हिँड्ने र अरुको मुख बन्द गराउन खोजे आफैं समाप्त हुने भनाइ राखे ।

यो पनि पढ्नुस्
फिल्मलाई १० लाख दिएपछि गाउँपालिका अध्यक्षको चर्को विरोध

अभिनेता विराज भट्टले निर्माण गर्न लागेको चलचित्र ‘साङ्लो’ लाई जोरायल गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेपछि स्थानीयहरु आक्रोशित बनेका छन् । गाउँपालिकाको विकासका लागि आएको बजेटले गाउँको विकास गर्नुको सट्टा चलचित्रका लागि बजेट विनियोजन गरेको भन्दै स्थानीयहरु गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझासँग आक्रोशित बनेका छन् ।

गाउँ–गाउँमा सडक, विद्युत, विद्यालय लगायतका विकासका पूर्वाधारमा खर्चिनु पर्ने रकम चलचित्र बनाउन खर्चिएको भन्दै स्थानीय आक्रोषित बनेका हुन् । स्थानीय प्रेमबहादुर मल्ल भन्छन् ‘हामीलाई फिल्म होइन, विकास चाहिएको छ ।’

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले गएको जेठ २७ गते सम्पन्न पाँचौं गाउँ सभाबाट ‘साङ्लो’ चलचित्रका लागि १० लाख रुपैयाँ विनियोजन गरेको दाबी गरे । उनी भन्छन्, ‘फिल्मका लागि मैले एक्लै बजेट विनियोजन गरेको होइन, गाउँ सभाबाट बजेट विनियोजन गरिएको हो, मलाई मात्रै दोष किन ?’

तत्कालीन नेकपा एमालेबाट निर्वा्चित अर्थात् हालको नेकपा सम्बद्ध जनप्रतिनिधिहरुको स्पष्ट बहुमत रहेको गाउँ कार्यपालिकामा रहेका नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले समेत रकम विनियोजन गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् । सबै दलबाट निर्वा्चित जनप्रतिनिधिले रकम विनियोजन गर्न हस्ताक्षर गरेको दावी उपाध्यक्ष बोहोराले गरेकी छन । उनी थप्छिन ‘अहिले हामीलाई मात्रै दोष लगाएर उम्किने प्रयास हुँदैछ ।’

चलचित्रका लागि बजेट विनियोजन गरेको भन्दै आलोचना गर्नेहरुमा नेकपाका कार्यकर्ता र नेपाली कांग्रेससम्बद्ध सबै रहेका छन् । तर आलोचनाका विषयमा जोरायल गाउँपालिकाले हालसम्म कुनै आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

गाउँपालिका अध्यक्ष ओझा भन्छन्, ‘विराज भट्टले निर्माण गर्न लाग्नुभएको ‘साङ्लो’ फिल्मले जोरायलका विभिन्न पर्यटकीय क्षेत्रलाई समेटेको छ, अहिले पनि छायाङ्कन जारी छ, फिल्ममा जोरायल क्षेत्र समेटिएर विश्व सामु चिनिनु गर्वको विषय हो । हामीले फिल्मका लागि नभई कलाकारहरुको यातायात र खाना खर्चमा १० लाख रुपैयाँ विनियोजन गरेका हौँ ।’

गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझादेखि स्थानीय बासिन्दाहरुले पनि चलचित्रमा भूमिका निर्वाह गरेका छन् । कतिपयले जोरायलमा ‘साङ्लो’ चलचित्र छायाङ्कन हुनुलाई अवसरका रुपमा लिएका छन् भने कतिपयले बजेटको दुरुपयोग भनेको बताउँदै आएका छन् ।

स्थानीयहरुले आक्रोशित हुँदै सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्न थालेपछि चलचित्र जोरायलमा छायाँकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्माताहरु दोधारमा परेका छन् । ‘साङ्लो’ चलचिका नायक विराज भट्टले भने यस बारेमा केही प्रतिक्रिया नदिने बताए ।

भट्टले भने ‘जोरायलसहित समग्र सुदूर पश्चिमको कला, संस्कृतिलाई देशैभरि चिनाउनका लागि मैले निर्माण गर्न लागेको चलचित्रमा गाउँपालिकाको रकम विवाद बारे म केही बोल्दिन ।’ नायक विराज भट्ट सुदूर पश्चिमको डडेल्धुरा जिल्लाका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल
‘ठेकि मदानि’का गाएकले लगाए मेलिना राईलाइ ‘कर्के नजर’!
‘ठेकि मदानि’का गाएकले लगाए मेलिना राईलाइ ‘कर्के नजर’!
ठूला नेताहरु एक महिनासम्म आफैँलाई भोट माग्न व्यस्त !
ठूला नेताहरु एक महिनासम्म आफैँलाई भोट माग्न व्यस्त !
राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण
राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण
वर्षेनी ६ अर्बका खसीबोका भारतबाट भित्रिन्छ
वर्षेनी ६ अर्बका खसीबोका भारतबाट भित्रिन्छ
देशमा समृद्धिको अभियान शुरु भयो: मन्त्री बाँस्कोटा
देशमा समृद्धिको अभियान शुरु भयो: मन्त्री बाँस्कोटा
भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने
भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने
विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमय दर
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्

तपाईंले छुटाउनुभयो कि?