फ्रेन्च कप फुटबल : पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
फ्रेन्च कप फुटबल : पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा

सारांश

  • काठमाडौं, १५ फागुन ।
  • पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • क्वाटरफाइनल अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनमाथि ३–० को जित दर्ता गर्दै पिएसजी सेमिफाइनल पुगेको हो ।

काठमाडौं, १५ फागुन । पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनमाथि ३–० को जित दर्ता गर्दै पिएसजी सेमिफाइनल पुगेको हो ।

पिएसजीको जितमा एन्जल डी मारियाले दुई तथा थोमस मुनिएरले एक गोल गरे । ममारियाले टिमका लागि ती गोल खेलको ८ तथा २८ औं मिनेटमा गरेका थिए भने पिएसजीका लागि तेश्रो गोल मुनिएरले खेलको ७६ औं मिनेटमा गरेका थिए।

फ्रान्सेली च्याम्पियन युवा स्टार केलियन एमबाप्पे तथा चोटग्रस्त स्टार खेलाडी नेइमार तथा एडिन्सन काभानी बिना नै मैदानमा थियो । चोटका कारण दुई स्टार खेलाडीहरू नेइमार र कभानी बिनै खेलिरहेको पिएसजी हिजोको खेलमा आफ्ना युवा स्ट्राइकर एमबाप्पे बिना उत्रेको थियो। यसपटकको फाइनल जितेमा पिएसजीको उपाधिमा लगातार पाँचौं कब्जा हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?