स्मार्ट विद्युतीय स्कुटर, जसमा छन् यस्ता विशेषता

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
स्मार्ट विद्युतीय स्कुटर, जसमा छन् यस्ता विशेषता

सारांश

  • एजेन्सी, माघ २८ ।
  • दिल्ली अटो मेलाको दोश्रो दिन भारतको कम्पनी ट्वान्टीटु मोटर्सले पहिलो स्मार्ट विद्युतीय स्कुटर सार्वजनिक गरेको छ।
  • ‘फ्लो’ नाम दिइएको सो स्कुटरको मूल्य ४७ हजार ७४० भारतिय रुपैंयाँ राखिएको छ।

एजेन्सी, माघ २८ । दिल्ली अटो मेलाको दोश्रो दिन भारतको कम्पनी ट्वान्टीटु मोटर्सले पहिलो स्मार्ट विद्युतीय स्कुटर सार्वजनिक गरेको छ।

‘फ्लो’ नाम दिइएको सो स्कुटरको मूल्य ४७ हजार ७४० भारतिय रुपैंयाँ राखिएको छ।

स्कुटरमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई) तथा एड्भान्स स्मार्ट सोलुसन सामावेश गरिएको छ जसको मद्दतले यसमा भएको टच् ड्यासबोर्ड डिस्प्लेमा अन्य सम्पूर्ण सवारी साधनका बारेमा डाटा राखिएको छ।

सो डाटाको सहयाताले चालकले आफू सवार बाटोमा जाम भए नभएको बारे थाहा पाउन सक्ने कम्पनीले बताएको छ।

यसबाहेक मोबाइल एप्लिकेसनमार्फत स्कुटरका पार्टपुर्जा कस्तो ‘कन्डिसन’ मा छन् भन्ने समेत थाहा पाउन सकिने जनाइएको छ।

कम्पनीका अनुसार यस स्कुटरमा ‘रिमोर्ट ट्रयाकिङ’ को सुविधा छ जसले चोरी हुनबाट तथा आवश्यक्ता अनुसार स्कुटर टाढाबाट स्टार्ट बन्द गर्न सकिन्छ।

स्कुटरको वजन ८५ किलो छ। ६० किलोमिटर प्रति घण्टाको गतीमा गुड्ने यस स्कुटलाई ५ घण्टाको चार्ज गर्दा ८० किलोमिटर यात्रा तय गर्न सक्ने कम्पनीले दाबी गरेको छ।

यसबाहेक स्कुटरबाटै फोन चार्ज गर्न समेत सकिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?