प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
४९ पटक हेरिएको
Shares
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।
  • सोमबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसद आफ्नो आशनबाट उठेर विरोध जनाएका थिए।
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसद आफ्नो आशनबाट उठेर विरोध जनाएका थिए।
सभामुख कृष्णबहादुर महराले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्ने समय दिए। गच्छदारले जिपी कोइराला र सुशील कोइरालाको नाममा खोलिएको भएर सरकारले आफू मातहत राख्न माग गरे।
गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको भूमिकालाई अवमूल्यन गर्ने काम भएको भन्दै आपत्ति जनाए। गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताल खारेज गर्ने सरकारको निर्णय आफूहरुलाई मान्य नहुने चेतावनी दिए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सार्वभौम संसद पुर्नस्थापना भएको तर यही संसदबाट निर्वाचित प्रधानमन्त्री र सरकारले गिरिजाप्रसाद कोइरालाको अपमान गर्ने काम भएको भन्दै आक्रोश पोखे। 
उनले सुशील कोइराला नेतृत्वको सरकारमा संविधान जारी भएको र संविधान कार्यान्वयनको चरणमा रहेको र यही क्रममा केपी ओली प्रधानमन्त्री बनेको भन्दै त्यस्ता नेताको अपमान गर्ने गरी सरकारले सुशील कोइरालाको नाममा रहेको अस्पताललाई खारेज गर्ने काम गर्न लागेको भन्दै आपत्ति जनाए। 
मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाँकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ति जनाउँदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने बताए।
गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा राखेको अस्पताल केन्द्र सरकार मातहतमा राख्ने निर्णय नभएसम्म  राख्ने निर्णय नगरेसम्म  संसद चल्न नदिने बताए। उनले डाक्टर गोविन्द केसीसँग भएको सहमति अनुसार विधेयक आउनुपर्ने जोड दिए। उनले गोविन्द केसीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
समूहगत प्रतिवेदन प्रस्तुत
समूहगत प्रतिवेदन प्रस्तुत
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
‘हेर्न नभ्याइने’मा मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट
‘हेर्न नभ्याइने’मा मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट
राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई
राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई
पोखरामा बर्ड फ्लु भेटियो : मासुको भाउ ओरालो
सरकारकै कारण चिनी भन्सारमा रोकियो ,उपभोक्ता मारमा
सरकारकै कारण चिनी भन्सारमा रोकियो ,उपभोक्ता मारमा
यस्तो देखियो मध्यरातमा भरतपुर (हेर्नुहोस ७ तस्बिरमा)
यस्तो देखियो मध्यरातमा भरतपुर (हेर्नुहोस ७ तस्बिरमा)
विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो
विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो
शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने
शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने