भ्रष्टचारमा को पर्छ भनेर अनुहार हेर्दिनँः प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
५४ पटक हेरिएको
Shares
भ्रष्टचारमा को पर्छ भनेर अनुहार हेर्दिनँः प्रधानमन्त्री

सारांश

  • बुटवल, १६ वैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि भ्रष्टचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता दोहोर्‍याएका छन्।
  • आइतबार पाँच नम्बर प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन विना विकास गर्न नसकिने भन्दै त्यसमा कडाइ गर्ने बताए।

बुटवल, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि भ्रष्टचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता दोहोर्‍याएका छन्।

आइतबार पाँच नम्बर प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन विना विकास गर्न नसकिने भन्दै त्यसमा कडाइ गर्ने बताए। धानमन्त्रीले संविधानले दिएको तीन तहको सरकार गठन गरेपछिको पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको बताउँदै यस्तो खुशीको अनुभूति प्रत्येक नागरिकलाई दिलाउन पहल गर्नुपर्ने बताए।

‘म भ्रष्टाचार गर्दिनँ, कसैले गरेको सहन्नँ’ उनले भने, ‘भ्रष्टाचारको मामिलामा अनुहारतिर हेर्दिनँ, को पर्छ भनेर।’ उनले कसैकसैलाई सरकार बढी नै निर्मम भयो भनेस्तो लाग्ने भन्दै उनले भ्रष्टाचारका विषयमा निर्मम नै बन्ने बताए।

प्रधानमन्त्री ओलीले सरकार पूरा समयसम्म टिन्ने दावी गरेका छन्। जनताले यसलाई अधिकारसहित चार्ज गरिदिएको भन्दै यो बीचमै ननिभ्ने उनको भनाइ थियो। ‘यो सरकार जनताबाट फूल ब्याट्रीचार्ज भएको सरकार हो’, उनले भने, ‘यो झिलिक्क झिलिक्क गरेर बीचमै निभ्दैन।’

उनले संक्रमणकालको व्यवस्थापन गर्दा समयमै जनताले अनुभूत हुने गरी काम गर्न नसकेको बताए। उनले सरकारले गति लिन थालेको भन्दै केही समयमा नै जनताले परिवर्तनको अनुभूतिको अनुभव गर्न पाउने बताए।

नेपालको व्यापार घाटामा असन्तुलनमात्र नभएर निकै ठूलो अन्तर रहेको बताउँदै यसलाई घटाउन हरेक कुराको सदुपयोग गरेर निर्यातमूलक उत्पादन बढाउने र उत्पादन, रोजगारी, आयमूलक कार्यक्रम लागू गरेर जनताको जीवनस्तर बढाउने काम वर्तमान सरकारले अगाडि बढाउनेसमेत बताए।

उनले धार्मिक पर्यटन, सांस्कृतिक, पर्यटन, कृषि, उद्योग, व्यापारलगायत धेरै सम्भावना प्रदेश नं ५ मा रहेको बताउँदै यसको योजनाबद्ध विकासमा लाग्नसमेत निर्देशन समेत दिए। तत्काल आफ्नो स्रोतसाधनले मात्रै सबैखाले विकास गर्न र आर्थिक समृृद्धि गर्न सम्भव नभए छिमेकीको सहयोग र सीपको पनि उपयोग गर्न सकिने उनको भनाइ थियो।

(https://winandoffice.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Minesh Gole

    Sushil Koirala ko pala radha Gyawali le urja mantri bahal ko bela 27 karod bhrastrachar gareko kina hernu bhaena anuhar ra kina garnu bhaena karbahi ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
भरतपुरमा  रेनुकाे अग्रता झन् बढ्याे
भरतपुरमा रेनुकाे अग्रता झन् बढ्याे
प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
पहिलो एकदिवसीय खेलमा युएईसँग नेपाल पराजित
पहिलो एकदिवसीय खेलमा युएईसँग नेपाल पराजित
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
दार्चुलामा जिप दुर्घटना : १० को मृत्यु
दार्चुलामा जिप दुर्घटना : १० को मृत्यु
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो
माओवादी बैठकमा १० करोड रुपैयाको खोजी
माओवादी बैठकमा १० करोड रुपैयाको खोजी