एक–दुई दिनमै एकता वार्ता टुंगिएला : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
३९ पटक हेरिएको
Shares
एक–दुई दिनमै एकता वार्ता टुंगिएला : प्रचण्ड

सारांश

  • काठमाडौं, २९ माघ – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन आग्रह गरेका छन् ।
  • आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।
  • चितवनमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको आवश्यकताअनुसार आफूले जुनसुकै फड्को हान्न सक्ने पछिल्लो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको बताए ।

काठमाडौं, २९ माघ – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन आग्रह गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।

चितवनमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको आवश्यकताअनुसार आफूले जुनसुकै फड्को हान्न सक्ने पछिल्लो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको बताए । काठमाडौं फर्किएपछि एमाले अध्यक्ष ओलीसँग निर्णायक छलफल हुने भन्दै उनले छिटै एकता प्रक्रिया टुंगोमा पुग्ने संकेत गरे ।

‘म काठमाडौं गएपछि ओलीजीसँग कुराकानी हुन्छ । मेरो चाहना छ, दुई–तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस्,’ प्रचण्डले भने, ‘पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु ।’

एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्‍याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ ।

दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर चल्दै आएको ‘वान अन वान’ छलफल अल्झिएपछि एमाले नेताहरूले नयाँ मोडालिटीका आधारमा छलफललाई टुंगोमा पुर्‍याउने निष्कर्ष निकालेका हुन् ।

१७ असोजमा एकता घोषणापछि दुवै पार्टीका अध्यक्षबीच दुई दर्जनभन्दा बढी भेटघाट र छलफल भइसकेको छ । पछिल्लोपटक २५ माघमा ललितपुरको मानभवनस्थित एक घरमा भएको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकीकरणपछिको नेतृत्व टुंगो लगाएर एकतालाई निर्णायक मोड दिनुपर्ने प्रस्ताव गरेका थिए ।

प्रचण्डको प्रस्तावपछि आन्तरिक परामर्श गरेर एकता संयोजन समितिको बैठकबाट वार्तालाई नयाँ मोड दिने समझदारीसहित दुवै नेता उठेका थिए । भोलिपल्टै चितवन पुगेका प्रचण्ड आइतबारसम्म विभिन्न कार्यक्रममा व्यस्त रहे भने ओली प्रदेश सभा संसदीय दलको निर्वाचन, आन्तरिक परामर्श, स्थायी समिति बैठक र अन्य कार्यक्रममा व्यस्त बने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घाँस काट्दा हातै छिनियो
प्रधानमन्त्रीसँग भेट्न नपाएर रिसाए महन्थ ठाकुर
प्रधानमन्त्रीसँग भेट्न नपाएर रिसाए महन्थ ठाकुर
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने क्रान्तिकारीको निर्णय
भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने क्रान्तिकारीको निर्णय
डिजेल, पेट्रोल, ग्यासको मूल्यवृद्वि फिर्ता
डिजेल, पेट्रोल, ग्यासको मूल्यवृद्वि फिर्ता
ओलीको रणनीतिः देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने
ओलीको रणनीतिः देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिँदै, बैठकको मिति अझै तोकिएन
सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिँदै, बैठकको मिति अझै तोकिएन
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !

तपाईंले छुटाउनुभयो कि?