उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ६, २०७६
|
|
४५ पटक हेरिएको
Shares
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने

सारांश

  • काठमाडौं, ६ माघ ।
  • प्रतिनिधिसभाकी उपसभाुमख डा.
  • शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिने भएकी छिन् ।

काठमाडौं, ६ माघ । प्रतिनिधिसभाकी उपसभाुमख डा. शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिने भएकी छिन् । उनले आज संसद बैठक बस्नुअघि नै संसद सचिवालयमा राजीनामा दिने भएकी छन् । आजको संसद बैठकको अध्यक्षता भने ज्येष्ठ सदस्यको रुपमा राजपा नेपालका सांसद महन्थ ठाकुरले गर्ने भएका हुन् ।

तुम्बाहाङ्फेले आजको संसद बैठक सकिएलगत्तै बानेश्वरमा आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । बलात्कार अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा राजिनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त थियो।

सोमबार बस्ने संसद बैठकले रिक्त सभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना तर्फबाट सभामुखको उम्मेदवारका रूपमा सांसद पुष्पा भुषाल गौतमलाई उठाउने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
मनाेरञ्जन समाचार : इण्डाेनेसियाकाे बालीमा प्रियंका र आयुष्मान राेमान्स
मनाेरञ्जन समाचार : इण्डाेनेसियाकाे बालीमा प्रियंका र आयुष्मान राेमान्स
विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल
विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल
प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत
प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत
यसरी अमृता सिंहलाई डिभोर्स दिएका थिए सैफ अली खानले
यसरी अमृता सिंहलाई डिभोर्स दिएका थिए सैफ अली खानले
आजदेखि चुनावीसभा गर्न पाइने
सुन तस्कारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
सुन तस्कारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
मनाङमा चार महिनामा आठ हजार पर्यटक
मनाङमा चार महिनामा आठ हजार पर्यटक
परराष्ट्रमन्त्रीद्वारा  सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
परराष्ट्रमन्त्रीद्वारा सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक