प्रधानमन्त्रीसँग भेट्न नपाएर रिसाए महन्थ ठाकुर
सारांश
- काठमाडौँ ।
- राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर प्रधानमन्त्रीसँग चिढिएका छन्।
- उनले गत मंगलबार प्रधानमन्त्रीलाई भेटर सरकारले आफूलाई बेवास्ता गरेको, माग सुनवाइ नगरेको गुनासो पोखेका थिए।
काठमाडौँ । राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर प्रधानमन्त्रीसँग चिढिएका छन्। उनले गत मंगलबार प्रधानमन्त्रीलाई भेटर सरकारले आफूलाई बेवास्ता गरेको, माग सुनवाइ नगरेको गुनासो पोखेका थिए।
महन्थले सोमबार नै प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरेका थिए। सोमवार प्रधानमन्त्रीले समय नदिएपछि मंगलबार प्रधानमन्त्रीलाई भेट्न एक्लै प्रधानमन्त्री निवास बालुबटार पुगेका थिए। मंगलबार केहीबेर उनले प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए । त्यसको भोलिपल्ट उनले अध्यक्षमण्डलको बैठक बोलाएका थिए।
बैठकले मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न, सांसदमा निर्वाचित रेशम चौधरीको सपथ गराउन र संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो।
बैठकपछि बुधवार नै अध्यक्षमण्डलका सदस्यहरूले प्रधानमन्त्रीलाई भेटी आफ्ना माग पूरा गराउन दबाब दिने कार्यक्रम तय गरेका थिए।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया