सामुदायिक विद्युत् केन्द्रबाट समुदायलाई सुविधा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • जितपुर, कपिलवस्तु, २९ माघ , कपिलवस्तु नगरपालिका–९ मा शुरु गरिएको सामुदायिक विद्युत् वितरण केन्द्र सञ्चालन भएसँगै समुदायमा निकै सुविधा भएको छ ।
  • जिल्लाको एक मात्र सामुदायिक विद्युत् वितरण केन्द्र सञ्चालन सँगै विद्युत् चुहावट नियन्त्रणमा सहयोग पुगेको छ भने अर्कातर्फ स्थानीय उपभोक्तालाई महशुल बुझाउन, समयमै मर्मतसम्भार तथा मिटर लिन पनि सहज भएको छ ।
  • १४ वर्षअघि समुदायस्तरबाटै विद्युत् उपभोग गर्न तथा व्यवस्थापन गर्ने नीतिका साथ यो केन्द्र सञ्चालन गरिएको थियो ।

जितपुर, कपिलवस्तु, २९ माघ , कपिलवस्तु नगरपालिका–९ मा शुरु गरिएको सामुदायिक विद्युत् वितरण केन्द्र सञ्चालन भएसँगै समुदायमा निकै सुविधा भएको छ ।

जिल्लाको एक मात्र सामुदायिक विद्युत् वितरण केन्द्र सञ्चालन सँगै विद्युत् चुहावट नियन्त्रणमा सहयोग पुगेको छ भने अर्कातर्फ स्थानीय उपभोक्तालाई महशुल बुझाउन, समयमै मर्मतसम्भार तथा मिटर लिन पनि सहज भएको छ । १४ वर्षअघि समुदायस्तरबाटै विद्युत् उपभोग गर्न तथा व्यवस्थापन गर्ने नीतिका साथ यो केन्द्र सञ्चालन गरिएको थियो । यस वितरण केन्द्रअन्तर्गत विद्युत् उपभोग गर्दा लाग्ने शुल्कमा समेत सहुलियत दिइएको छ । कुनै प्राविधिक समस्या आउँदा कर्मचारी तत्कालै आउने र समयमै मिटर रिडिङ गरिँदा झन् सहज भएको स्थानीयवासीले बताएका छन् ।

निग्लिहवाका कल्लु थारूले भन्नुभयो, “बिग्रिँदा पनि कर्मचारी छिटो आएर बनाउँछन्, विद्युत् शुल्क पनि कम लाग्ने गरेको छ त्यसैले हामीलाई निकै सहज भएको छ ।” केन्द्रले नेपाल विद्युत् प्राधिकरणसँग एकमुष्ट रूपमा मिटर र विद्युत् खरीद गरी उपभोक्तालाई वितरण गर्ने गरेको छ । अहिले कपिलवस्तु नगरपालिका–६ को रामापुर, ९ को कुस्मा, बैरेनी, जरलैहा, केवलपुर, चम्कीपुर, जगदीशपुर, बन्डउली, खुरखुण्डी, श्रीनगर र निग्लिहवा तथा वडा नं १० को बिर्ताका उपभोक्ताले सो केन्द्रमार्फत विद्युत् उपभोग गर्दैै आएका छन् ।

उपभोक्तालाई विद्युत् वितरण गर्नका लागि श्रीनगर, जगदीशपुर, जरलैहा, चम्कीपुर, खुरखुण्डी, बन्डेउली र निग्लिहवामा नेपाल विद्युत् प्राधिकरणको मुख्य सातवटा मिटर जडान गरी विद्युत् सप्लाइ गरिएको छ । विद्युत् वितरणका लागि एक सय केभिए क्षमताका चार र ५० केभिए क्षमताका तीनवटा ट्रान्सफर्मरसमेत राखिएको छ ।

केन्द्रले हाल ७६३ घरधुरीलाई विद्युत् उपभोग गराउँदै आएको छ । केन्द्रका कार्यालय सञ्चालक जनार्दनप्रसाद बारीका अनुसार प्राधिकरणको कार्यक्षेत्रमा विद्युत् चुहावट दर २९ प्रतिशत बढी रहे पनि केन्द्रमा भने १५ देखि २० प्रतिशत मात्र चुहावट हुने गरेको छ । जम्मा चारजना मात्र कर्मचारी भए पनि केन्द्रको सेवा प्रभावकारी रहेको उपभोक्ता बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?