सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०८०
|
|
२२ पटक हेरिएको
Shares
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • इजरायलले गरेको आक्रमणमा परी पछिल्लो २४ घन्टामा दक्षिणी गाजा शहर रफाहमा १ सय ३५ जनाको मृत्यु भएको छ।
  • हमासले संचालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार विस्थापित दुई वटा परिवारले आश्रय लिइरहेको घरलाई निसाना बनाउँदा सो घरमा रहेका १० जना पनि मारिएका छन्।

काठमाडौं। इजरायलले गरेको आक्रमणमा परी पछिल्लो २४ घन्टामा दक्षिणी गाजा शहर रफाहमा १ सय ३५ जनाको मृत्यु भएको छ।

हमासले संचालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार विस्थापित दुई वटा परिवारले आश्रय लिइरहेको घरलाई निसाना बनाउँदा सो घरमा रहेका १० जना पनि मारिएका छन्।

गाजाका अन्य भागबाट सुरक्षाको खोजी गर्दै दक्षिणी गाजामा जानेको संख्या बढेसँगै त्यहाँको जनसंख्या १० लाख नाघेको छ। इजरायली रक्षा सेनाले रिपोर्टहरु हेरिरहेको जनाएको छ। गाजाबाट दक्षिणी इजरायलमा पनि रकेट प्रहार गरिएको बताइएको छ।

रफाहका सर्वसाधारणलाई पूर्व सूचना विना अचानक आफूहरुको घरमा आक्रमण गरिएको बताएका छन्। इजरायलले बमबारी शुरु गर्दा धेरैजसो मानिसहरु घरमै रहेको र भागेर जाने ठाउँ समेत नभएको बताएका छन्। न त घर सुरक्षित छ न त बाहिर। कहाँ जाने भन्ने चिन्तामा गाजाका सर्वसाधारण छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?