नेपालले क्यानडालाई हराउनैपर्ने बाध्यता

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
२३ पटक हेरिएको
Shares
नेपालले क्यानडालाई हराउनैपर्ने बाध्यता

सारांश

  • काठमाडौं ।
  • आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आज नेपाल क्यानडासँग खेल्दैछ ।
  • आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपालले क्यानडालाई हराउनैपर्ने भएको छ ।

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आज नेपाल क्यानडासँग खेल्दैछ ।आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपालले क्यानडालाई हराउनैपर्ने भएको छ ।

आयोजक नामिबियाले केन्यालाई ८ विकेटको फराकिलो अन्तरले हराएसँगै नेपालले आफ्नो अन्तिम खेलमा क्यानडालाई हराउनैपर्ने भएको हो ।

केन्यालाई हराएपछि नामिबिया नेट रनरेटको आधारमा तालिकाको दोस्रो स्थानमा उक्लिएसँगै नेपालमाथि शीर्ष स्थानमा रहेको क्यानडालाई हराउनै पर्ने दबाब बढेको हो ।

बलिङ र ब्याटिङ दुवैमा गतिलो प्रदर्शन गरेको नामिबियाले केन्याविलाई केबल ११० रनमा सीमित मात्रै गरेन, मात्रै १६ ओभर खेले २ विकेटको क्षतिमा जित पनि पक्का गर्‍यो ।

नामिबियाको यो जितपछि बुधबारमात्रै विश्वकप छनोटका लागि पुग्ने टिम तय हुनेछन् । आयोजक नामिबियालाई पहिलो खेलमा पराजित गरेको नेपालले अन्तिम खेल पनि जितेमा मात्रै विश्वकप छनोट यात्रा पक्का हुने भएको हो ।

नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो। त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्सलाई नेपालले हराएको थियो । अब अन्तिम खेलमा पनि नेपालले नतिजा आफ्नो पक्षमा पार्नुपर्नेछ ।

क्यानडा, नामिबिया र नेपालले अहिलेसम्म समान ६-६ अंक बटुलेका छन् । युएईले भने ४ अंक बटुलेको छ ।
अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान
राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
औषधी पसल अनुगमन, ६ पसल सिल
औषधी पसल अनुगमन, ६ पसल सिल
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा  नमस्ते धनकुटा–२०७४ कार्यक्रम  हुँदै ……
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा नमस्ते धनकुटा–२०७४ कार्यक्रम हुँदै ……
पूर्वाग्रही पत्रकारिताबाट नागरिक प्रभावित हुनुहुँदैन स् सञ्चारमन्त्री
पूर्वाग्रही पत्रकारिताबाट नागरिक प्रभावित हुनुहुँदैन स् सञ्चारमन्त्री
बम्जनको आश्रमबाट पक्राउ पर्ने गुरु को हुन्?
बम्जनको आश्रमबाट पक्राउ पर्ने गुरु को हुन्?
सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप
सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप
ट्रम्पको योजना संसदबाटै अस्वीकृत भएपछि…
ट्रम्पको योजना संसदबाटै अस्वीकृत भएपछि…

तपाईंले छुटाउनुभयो कि?