न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै

सारांश

  • काठमाडौं।
  • जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा सुधार आउन थालेको बताएको छ।
  • विभागले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा सुधार आउन थालेको बताएको छ। विभागले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

यद्यपी, अझै पनि आकस्मिक बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै विभागले आफ्ना वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर ११५५ र एसएमएस सेवा मार्फत नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

अविरल वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, कमला, लल्बकैया लगायतका नदीमा जलसतह खतरा तह नाघेको र हाल भने घट्दो अवस्थामा रहेको विभागले जनाएको छ।

त्यस्तै, असोज १९ गते बिहान सापेक्ष रूपमा सिकोशी नदी र यसको सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा समेत खतरा तह नाघेर अहिले घट्दो अवस्थामा पुगेको छ।

बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीको प्रभावले २०८२ असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा अविरल वर्षा भएको छ। यस अवधिमा विशेषगरी मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा र कोशी प्रदेशका कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार २४ घण्टाभित्र रौतहटको महेशपुरमा ३५८ मि.मि. वर्षा मापन भएको छ।

असोज १९ गते बिहानसम्म देशभरका २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ वटामा वर्षा भएको थियो। तीमध्ये १०५ वटामा ५० मिमि. भन्दा बढी, ६८ वटामा १०० मि.मि. भन्दा बढी, २१ वटामा २०० मि.मि. भन्दा बढी र ५ वटामा ३०० मि.मि. भन्दा बढी वर्षा मापन भएको विभागले जनाएको छ।

यस्तै, कनकाई, बुढी खोला, लोहन्रा, खेसलैया र बिरिङ नदीमा समेत जलसतह खतरा तह पार गरेर हाल स्थिर हुँदै गएको छ।

तर कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रहेकाले बाढी र डुबानको जोखिम यथावत रहेको विभागले चेतावनी दिएको छ। विभागले असोज २० गते मध्यान्हसम्म सबै सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष
काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष
कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी
कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी
आज सुपर मुन देख्न पाइने, दुर्लभ दृश्य- खग्रास चन्द्र ग्रहण पनि
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट अर्को सातादेखि पठाइने
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट अर्को सातादेखि पठाइने
पर्यटकीयस्थलहरुमा चहलपहल बढ्दै
पर्यटकीयस्थलहरुमा चहलपहल बढ्दै
अनसनरत निर्मला पन्तका बुवाकाे गाेजीमा भेटियाे यस्ताे डरलाग्दाे तथ्य
अनसनरत निर्मला पन्तका बुवाकाे गाेजीमा भेटियाे यस्ताे डरलाग्दाे तथ्य
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु
ओलीले मागे प्रधानमन्त्री देउवाको राजीनामा
ओलीले मागे प्रधानमन्त्री देउवाको राजीनामा
इलाममा डा. गोविन्द केसी भोलीबाटअनसनका बस्दै
इलाममा डा. गोविन्द केसी भोलीबाटअनसनका बस्दै
काठमाण्डौंका बँ पसः (फूटपाथे पसल) अवसर की चुनौती ?
काठमाण्डौंका बँ पसः (फूटपाथे पसल) अवसर की चुनौती ?

तपाईंले छुटाउनुभयो कि?