नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ

सारांश

  • नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो ।
  • नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।

नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो ।

नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीले बताएको छ । कर्जा लगानी भएको बेला श्रेष्ठ बैंकका सीईओ थिए ।

खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ । बैंकका कर्मचारीहरुले खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेका थिए । त्यसबेला ५ करोड रुपैयाँ रकम स्वीकृत भएको थियो । त्यति ठूलो रकम स्वीकृत गर्दा सीईओको पनि भूमिका हुने भन्दै श्रेष्ठ समेतलाई सीआईबीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी रहेको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए ।

पूर्वसीईओ श्रेष्ठसहित ३ जना पूर्वकर्मचारी हुन् भने ३ जना बैंकका बहालवाला कर्मचारी छन् । बाँकी ऋणीहरू रहेको सीआईबीले जनाएको छ ।

उनीहरुलाई एकै पटक भने पक्राउ गरिएको होइन । विभिन्न समयमा पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लहान नगरपालिकामा एमालेको जीत, मुन्नी साह बने मेयर’
लहान नगरपालिकामा एमालेको जीत, मुन्नी साह बने मेयर’
For what reason Do Persons Think That Online dating services Is Worth It? Here Is A number of the Benefits Of Online dating sites!
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
प्रदेश प्रमुखद्वारा अस्पतालको अवलोकन
प्रदेश प्रमुखद्वारा अस्पतालको अवलोकन
राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउँछ–मन्त्री थापा
मापदण्ड विपरितको होटल उद्घाटनमा गएनन् प्रधानमन्त्री ओली
मापदण्ड विपरितको होटल उद्घाटनमा गएनन् प्रधानमन्त्री ओली
गठबन्धनको बैठकमा बजेटको प्राथमिकतादेखि रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल
गठबन्धनको बैठकमा बजेटको प्राथमिकतादेखि रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल
बिदा कटौती भएकोमा मुस्लिम संघको आपत्ति
बिदा कटौती भएकोमा मुस्लिम संघको आपत्ति
बागलुङमा चौबीस हजारको स्वास्थ्य बीमा
बागलुङमा चौबीस हजारको स्वास्थ्य बीमा
महासंघको दुर्घटना बीमामा पत्रकारहरुको बिमा न्यून
महासंघको दुर्घटना बीमामा पत्रकारहरुको बिमा न्यून

तपाईंले छुटाउनुभयो कि?