प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपति भेट्दै ओली
सारांश
- काठमाडौं, फागुन ३ ।
- एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँन्ग भेटवार्ता गर्ने भएका छन् ।
- राष्ट्रपतिसँग बिहान ९ बजे भेटवार्ताको समय निर्धारण गरिएको छ ।
काठमाडौं, फागुन ३ । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँन्ग भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपतिसँग बिहान ९ बजे भेटवार्ताको समय निर्धारण गरिएको छ ।
वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी प्रस्तुत गर्दैछन् । वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।
सरकार गठनका लागि वाम गठबन्धनको बहुमत पुग्ने जानकारी दिन राष्ट्रपतिलाई ओलीले भेट्न लागिएको बताइएको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ संख्या छ ।
वाम गठबन्धनको दावीपछि राष्ट्रपतिले बिहीबारै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले बतायो । ओली यसअघि ०७२ असोज २४ गते पनि प्रधानमन्त्री बनेका थिए ।
झण्डै नौ महिने कार्यकाल पूरा गरी कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नै पदबाट राजीनामा दिँदैछन् ।
प्रतिक्रिया