थप भत्ता नपाए काम नगर्ने संसदका कर्मचारीको चेतावनी
सारांश
- काठमाडौं – संघीय संसद सचिवालयका कर्मचारीले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।
- यसअघि दिँदै आएको सबैखाले सेवा सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको छ ।
- २०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुकी गरी ३ घण्टा बढी समय खटाइने गरिएको थियो ।
काठमाडौं – संघीय संसद सचिवालयका कर्मचारीले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।
यसअघि दिँदै आएको सबैखाले सेवा सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको छ । २०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुकी गरी ३ घण्टा बढी समय खटाइने गरिएको थियो ।
त्यसबापत उनीहरुले बिहान साढे २ सय र साँझ पनि त्यति नै अतिरिक्त रकम पाउने गरेका थिए ।
शनिबार र बिदाको दिन आएर काम गरेबापत दैनिक ७ सय रुपैयाँ दिएर प्रोत्साहित गर्ने गरिएको थियो । गत माघ ८ गतेपछि यो सुविधा कटौती गरिएको छ ।
आजको नेपाल समाचारपत्रमा दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया