सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
३६ पटक हेरिएको
Shares
सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

सारांश

  • काठमाडौँ ।
  • वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सिकारी सरदार वंशु गुरुङको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।
  • तनहुँ क्षेत्र नं २ का सांसद शङ्कर भण्डारीको नेतृत्वमा आएको उक्त प्रतिस्ठानको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको हो ।

काठमाडौँ । वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सिकारी सरदार वंशु गुरुङको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

तनहुँ क्षेत्र नं २ का सांसद शङ्कर भण्डारीको नेतृत्वमा आएको उक्त प्रतिस्ठानको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको हो । प्रतिष्ठानले उनका नाममा हुलाक टिकट प्रकाशन गर्नसमेत माग गरेको छ ।

गुरुङले राष्ट्रका लागि पु¥याउनुभएको योगदानलाई इतिहासमा लिपिबद्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको सरदार गुरुङका छैटौँ पुस्ताका लेख गुरुङले जानकारी दिए । “वंशु गुरुङका नाममा स्थापित प्रतिष्ठानलाई राज्यले बजेटको व्यवस्था गर्नुपर्नेमा जानकारी गरायौँ”, उनले भने, “हाम्रा मागमा प्रधानमन्त्री सकारात्मक छन् ।”

शुक्लागण्डकीको तनहुँमा जन्मिभएका गुरुङलाई प्रख्यात सिकारीका रूपमा लिइने गरिएको छ । उनले विसं १८२४ मा सिन्धुलीगढीको युद्धमा अङ्ग्रेजलाई परास्त गरेको र युद्धमा कहिले पनि नहारेको गुरुङले जानकारी दिए ।

सांसद भण्डारीले गुरुङलाई अहिलेसम्म राज्यका तर्फबाट कुनै पनि सम्मान नगरिएकाले अब यस विषयमा ध्यान दिन आफूहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘रैथाने मधेशी जुनसुकै पदमा पुग्न सक्छन, तर अंगीकृतलाई प्रमुख पद दिदैनौ’-एमाले महासचिव
‘रैथाने मधेशी जुनसुकै पदमा पुग्न सक्छन, तर अंगीकृतलाई प्रमुख पद दिदैनौ’-एमाले महासचिव
तीनवटै राप्रपा सहमति नजिक
तीनवटै राप्रपा सहमति नजिक
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
केपी शर्मा ओली जनताका नेता होईनन माफियाका प्रधानमन्त्री हुन: गाेविन्द केसी (भिडियाेसहित)
भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत
भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत
विश्वकप अभ्यासः अस्ट्रेलियाद्वारा श्रीलंका ५ विकेटले पराजित
विश्वकप अभ्यासः अस्ट्रेलियाद्वारा श्रीलंका ५ विकेटले पराजित
पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्रीलाई परिवारले पनि साथदिएनन् !
पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्रीलाई परिवारले पनि साथदिएनन् !
मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण
मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय
सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय