प्रियंका चोपडा गर्भवती !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
प्रियंका चोपडा गर्भवती !

सारांश

  • काठमाडौं।
  • बलिउड अभिनेत्री प्रियंका चोपडाले कान्स फिल्म फेस्टिभलमा डेब्यू गरिसकेकी छन् ।
  • रेड कार्पेटमा वाक गरेपछि भोलिपल्ट पति निक जोनससँग चोपर्ड ज्वेलरी ब्राण्डको पार्टीमा सहभागी भइन्।

काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडाले कान्स फिल्म फेस्टिभलमा डेब्यू गरिसकेकी छन् । रेड कार्पेटमा वाक गरेपछि भोलिपल्ट पति निक जोनससँग चोपर्ड ज्वेलरी ब्राण्डको पार्टीमा सहभागी भइन्। दुवै दिन उनले जुन ड्रेस लगाएकी थिइन् त्यसमा प्रियंका केही मोटाएको देखिएको थियो। उनको तस्वीर समाजिक संजालमा भाइरल भएको छ ।

यतिबेला प्रियंका चोपडा गर्भवती भएको चर्चा चल्न थालेको छ। योसँगै हलिउड अभिनेत्रीले प्रियंकाको फोटोमा गरेको कमेन्ट पनि प्रियंका गर्भवती भएको अनुमान लगाउन सजिलो भएको छ। प्रियंकाले कान्सको फोटो आफ्नो इन्स्टाग्राममा शेयर गरेकी थिइन्। यो फोटोमा प्रियंकाकी नजिककी साथी एवं हलिउड अभिनेत्री ओक्टाभिया स्पेन्सरले कमेन्ट गर्दै लेखेकी छन्, ‘स्टनिङ ममासिटा!’ अंग्रेजीमा यसको अर्थ हट मम हुन्छ। ओक्टाभियाको कमेन्टले प्रियंका गभवती भएको तर्फ संकेत गर्छ ।

रेड कार्पेटमा प्रियंकाले कालो र गुगाली रंगको गाउन लगाएकी थिइन्। यो पोशाकमा प्रियंको पेट केही बाहिर निस्किएजस्तो देखिएको थियो। त्यसपछि उनी पति निक सँग निलो गाउनमा देखिएकी थिइन्। यो पोशाकमा पनि प्रियंकाको पेट केही बाहिर निस्किएको थियो। उनले उक्त पोशाकमा चौडा बेल्ट लगाएकी थिइन्। उनी आफ्नो पेट कुलाउन चाहथिइन् जस्तै देखिन्थ्यो ।

(https://hippainhelp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?