एक डिएसपीले ३ वर्षे छोरासहित पत्नी घरबाट निकाले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
एक डिएसपीले ३ वर्षे छोरासहित पत्नी घरबाट निकाले

सारांश

  • काठमाडौं, १५ फागुन – काखमा तीन वर्षका छोरा ।
  • पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी ।
  • तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् ।

काठमाडौं, १५ फागुन – काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् । यो खबर ठाकुरसिंह थारुले आजको कान्तिपुरमा लेखेका छन्।

उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् । गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्रहरी मुख्यालय, नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, स्थानीय प्रशासन, महिला तथा बालवालिका कार्यालयलगायत दर्जन बढी सरकारी निकायमा उजुरी दिइन ।

‘मैले कुनै निकायबाट न्याय पाईन । यताबाट उता जानुस् भन्दै फर्काउछन्,’ अन्यायबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘न्याय माग्दै सबै निकायमा पुगिसकें । अब म कहाँ जाऊ ।’

०७१ मा डिएसपी बोहरा विवाह गर्ने भन्दै घरमै माग्न गएका थिए । मन मिलेपछि त्यसै बर्ष साउनमा उनीहरुले भागी विहे गरे । त्यसअघि बोहराले जेठी पत्नीसित सम्बन्ध बिच्छेद गरेका थिए । जेठीबाट दुई छोरी छन् । विवाहको एक वर्षपछि अर्कै महिलासंग लागेर आफूलाई यातना दिन थालेको गीताको आरोप छ । ‘ती महिला घरमै आएर म डिएसपी बोहराको श्रीमती हुँ, तँ को होस् भनेर धम्काउँछिन् । त्यसबारे श्रीमान्संग सोध्दा कुटपिट गर्न थाल्नु भो,’ उनले भनिन्, ‘अहिले आएर सबै परिवार मिलेर घरबाटै निकाला गरिदिए । माइतीको शरणमा बसेकी छु ।’

आफूमाथि हिंसा भइरहेको जानकारी सशस्त्र प्रहरी मुख्यालमा दिएपछि डिएसपी बोहराको आधा तलव उनले पाउँदै आएकी छन् । मुख्यालयमा र विभिन्न निकायमा उजुरी दिएको भन्दै उनले थप शारीरिक तथा मानसिकरुपमा यातना दिन थालेको गुनासो गरिन् । ‘श्रीमान् प्रहरी अधिकृत भएकाले उहाँको इज्जतमा असर पर्ला भनेर सुरुमा हिंसा सहेरै बसें । तर उहाँ सुध्रिनु भएन । उल्टै ती महिलालाई घरमै पठाएर मार्छु, काट्छु भनेर धम्की दिन लगाउनु भो,’ उनले भनिन्, ‘आफ्नै श्रीमतीलाई बाहिरको महिला लगाएर धम्की दिनु भो । आफै घर आएर कुटपीट गर्नु भो ।’

घरबाट निकाला गर्दा उनले प्रतिकार गरिन् । उनको दाहिने हातको नाडी काटिएको छ । ‘तरवारले हान्न खोजे । प्रतिकार गर्दा काटियो,’ पत्रकार सम्मेलनमा उनको आँखा रसाए । बोहरा अहिले तेह्रथुमस्थित म्याङलुङ सशस्त्र प्रहरी गणका गणपति छन् । यसअघि उनी सिमा सुरक्षा बल नेपालगन्जमा कार्यरत थिए ।

उनले गीता पत्नी भएको स्वीकारे । तर, पछिल्लो समय विवाद गर्न थालेपछि सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेको बताए । ‘मैले उसलाई यातना दिएको र हिंसा गरेको छैन । सुडान गएका बेला केही पैसा तलमाथि गरेपछि विवाद भएको हो,’ उनले कान्तिपुरसित भने, ‘म बिरुद्व २५ ठाउँमा उजुरी दिएकी छन् । मेरो सम्पत्ती खान यो सब गरेको हो ।’ तर गीताले भने उनको दाबीलाई खण्डन गर्दै कुटपिट तथा ज्यान मार्ने धम्कीका कारण अन्तिम स्थितिमा पत्रकार सम्मेलन गरेको बताईन् । ‘घरमा गयो घरपरिवारले लत्ताकपडा बाहिर फाल्दिन्छन् । छोरालाई पनि कुट्छन्,’ उनले भनिन्,‘न्यायका लागि गुहार गर्दै माइतीमा बसेकी छु ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kyacee SB

    33% Mahila. Sabhasad. Manti. Mahila. Rastapati. Bhayata. Mahilako. Halat.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका अध्यक्षविरुद्ध मुद्दा
हेटौँडा गोल्डकपको उपाधि आर्मीलाई
हेटौँडा गोल्डकपको उपाधि आर्मीलाई
साताको दोश्रो दिन सोमबार पनि सेयर बजार ओरालो
साताको दोश्रो दिन सोमबार पनि सेयर बजार ओरालो
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
स्याफ्रुवेसी रसुवागढी सडक अवरुद्ध हुँदा चीनसँगको यातायात सम्बन्ध विच्छेद
स्याफ्रुवेसी रसुवागढी सडक अवरुद्ध हुँदा चीनसँगको यातायात सम्बन्ध विच्छेद
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार र अनियमितताको विरुद्ध आन्दोलनको तयारी
गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार र अनियमितताको विरुद्ध आन्दोलनको तयारी
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश
दोलखामा वाम गठबन्धनको क्लिन स्वीप
दोलखामा वाम गठबन्धनको क्लिन स्वीप
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि

तपाईंले छुटाउनुभयो कि?