दोलखामा वाम गठबन्धनको क्लिन स्वीप

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
दोलखामा वाम गठबन्धनको क्लिन स्वीप

सारांश

  • दोलखा, मंसिर २३ – दोलखामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ ।
  • प्रदेशसभाका दुवै तथा एक प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
  • प्रतिनिधि सभामा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेद्धार पार्वत गुरुङ ३० हजार भन्दा बढि मतअन्तरले विजयी हुनुभएको छ ।

दोलखा, मंसिर २३ – दोलखामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रदेशसभाका दुवै तथा एक प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

प्रतिनिधि सभामा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेद्धार पार्वत गुरुङ ३० हजार भन्दा बढि मतअन्तरले विजयी हुनुभएको छ ।

गुरुङ नेपाली कांग्रेसका रुद्रबहादुर खड्का भन्दा ३० हजार १ सय ५३ बढि मत ल्याएर विजयी हुनुभएको हो ।
वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङको ५५ हजार ९ सय ५४ मत आएको छ भने नेपाली कांग्रेसका रुद्रबहादुर खड्काको २५ हजार ८ सय १ मत आएको छ ।

यसैगरी, प्रदेशसभा तर्पm पनि वाम गठबन्धनका उम्मेदवार भारी मत अन्तरले विजयी भएका छन् ।
प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विशाल खड्का १५ हजार ३ सय ९४ मत बढी ल्याएर विजयी हुनुभएको छ ।

खड्काको २८ हजार ३ सय ५० मत आएको छ भने उहाँका प्रतिस्पर्धि नेपाली कांग्रेसका बर्मा लामाको १२ हजार ९ सय ५६ मत आएको छ ।

प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार पशुपति चौलागाईं १२ हजार १ सय ७८ बढी मत ल्याएर विजयी हुनुभएको छ ।

एमालेका उम्मेदवार पशुपति चौलागाईंको २३ हजार ५८ मत आएको छ भने उहाँका प्रतिष्पर्धि नेपाली कांग्रेसका केशवराज चौलागाईंको १० हजार ८ सय ८० मत आएको छ ।

यसैगरी, प्रदेशसभा ‘ख’ मा नेकपा एमाले छोडेर नेकपा मालेबाट उम्मेद्धारी दिनु भएका लालकुमार केसीको ३ हजार ४ सय ४ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?