गाउँपालिका अध्यक्षविरुद्ध मुद्दा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १८, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, माघ १८- रोल्पाको सुकीदह गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ ।
  •  फरक फरक नाम र समयमा दुईवटा नागरिकता लिएको भन्दै मुद्दा दर्ता गरिएको हो ।
  • समाचारमा लेखिएको छ, स्थानीयवासी हरिबहादुर पुनले बुधबार जाहेरी दर्ता गरेका थिए ।

काठमाडौं, माघ १८- रोल्पाको सुकीदह गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ । फरक फरक नाम र समयमा दुईवटा नागरिकता लिएको भन्दै मुद्दा दर्ता गरिएको हो ।

समाचारमा लेखिएको छ, स्थानीयवासी हरिबहादुर पुनले बुधबार जाहेरी दर्ता गरेका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले मुद्दा दर्ता भएपछि अनुसन्धान थालिएको बताए । तत्काल अनुसन्धान थाल्न मुद्दा शाखालाई निर्देशन दिइसकेको छु उनले भने ।

यसअघि जाहेरीकर्ता पुनले राजनीतिक दबाबमा प्रजिअले मुद्दा दर्तामा आनाकानी गरेको आरोप लगाउँदै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?