सडकमा यातायात व्यवसायीको दादागिरी- सिन्डिकेट सत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १६, २०७४
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – सहज र सुविधायुक्त सेवा दिन थालेको मयुर यातायातलाई बन्द गराउन कोटेश्वरदेखि पूर्व चल्ने सिण्डिकेटवाला यातायात व्यवसायीले सरकार र कम्पनीलाई धम्की दिन थालेका छन् ।
  •  आजको नागरिक दैनिकको काष्ठमण्डपमा छापिएको छ ।
  • यही चैत १ गतेबाट सेवा सुरु गरेको मयुर यातायाततर्फ यात्रु आकर्षित भएपछि सिण्डिकेटवाला व्यवसायीले सेवा बन्द गराउने धम्की दिएका हुन् ।

काठमाडौं – सहज र सुविधायुक्त सेवा दिन थालेको मयुर यातायातलाई बन्द गराउन कोटेश्वरदेखि पूर्व चल्ने सिण्डिकेटवाला यातायात व्यवसायीले सरकार र कम्पनीलाई धम्की दिन थालेका छन् । आजको नागरिक दैनिकको काष्ठमण्डपमा छापिएको छ ।

यही चैत १ गतेबाट सेवा सुरु गरेको मयुर यातायाततर्फ यात्रु आकर्षित भएपछि सिण्डिकेटवाला व्यवसायीले सेवा बन्द गराउने धम्की दिएका हुन् । धम्की दिनेमा कोटेश्वरदेखि पूर्व सेवा दिने १३ यातायात सेवा समिति छन् ।

त्यसमा बस वा मिनिबस मात्र होइन, ट्रक र टिपर व्यसायी समेत सम्मिलित छन् । यो समितिले बिहिवार काठमाडौँ, भक्तपुर र काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मयुर यातायातको इजाजत खारेज गर्न माग गरेका हुन् ।

उनीहरुले मयुरको इजाजत खारेज नभए यातायात सेवा नै ठप्प पार्ने धम्की समेत दिएका छन् । मयुर यातायातले काठमाडौँ बनेपा रुटमा २४ वटा सुविधासम्पन्न नयाँ बसमार्फत सेवा सुरु गरेको छ ।

४२ सिटे बसमा निशुल्क वाईफाई सुविधा समेत छ । साथै, यसमा आमाबच्चा सिट समेत छ । सिण्डिकेटवाला व्यवसायीले भने मुरलाई कोटेश्वरबाट पूवइ यातायात सञ्चालन गर्न दिएको इजाजतपत्र खारेज नगरिए चैत १८ गतेदेखि ग्रामीण क्षेत्रमा सेवा सञ्चालन नगर्ने धम्की दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?