सुनकोशी र तामाकोशी आसपासमा बस्तीमा सुरक्षित रहन आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
५९ पटक हेरिएको
Shares
सुनकोशी र तामाकोशी आसपासमा बस्तीमा सुरक्षित रहन आग्रह

सारांश

  • रामेछाप, ७ साउन लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।
  • जल तथा मौसम विज्ञान विभागको सूचनानुसार अविरल वर्षासँगै ताल फुट्न सक्ने सम्भावना रहेको जानकारी गराउँदै जिप्रकाले सुनकोशी तथा तामाकोशी नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
  • नदी किनारका बासिन्दालाई सुरक्षित रहन र स्थानीय सरकारलाई पनि आवश्यक समन्वय गर्न जिप्रकाले आग्रह गरेको छ ।

रामेछाप, ७ साउन लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको सूचनानुसार अविरल वर्षासँगै ताल फुट्न सक्ने सम्भावना रहेको जानकारी गराउँदै जिप्रकाले सुनकोशी तथा तामाकोशी नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

नदी किनारका बासिन्दालाई सुरक्षित रहन र स्थानीय सरकारलाई पनि आवश्यक समन्वय गर्न जिप्रकाले आग्रह गरेको छ । जिप्रकाले ताल फुट्दा भोटेकोशी नदीमा पानीको वहाव बढेसँगै तामाकोशी र सुनकोशी नदीमा पनि वहाव बढ्न सक्ने जनाएको छ । जोखिममा रहेको ताल फुटेका अवस्थामा रामेछापका नवुघाट, बिर्ताघाट, चुकियाघाट, हर्दिनीघाट, कोरमाना, नवलपुरघाट, तल्लो खैरेनीटार, लुभुघाट, सिख्ता डप्खा, पुच्छीघाट, राकाथुमको बेलघारी नजिकको घरधुरी, सुनापति गाउँपालिकाको दोभानटार, सिन्धुरेटार र च्याडीटार बस्ती जोखिमा पर्ने पूर्व अनुमान गरिएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तामाकोशी र सुनकोशी आसपासका बस्ती उच्च जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरिएको जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजकसमेत रहेका प्रजिअ शर्माले स्थानीय सरकारसँग आवश्यक समन्वय गरेर सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
विदेशबाट फर्कैकी महिलामा कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइसोलेशनमा भर्ना
विदेशबाट फर्कैकी महिलामा कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइसोलेशनमा भर्ना
राष्ट्रिय सभाको शून्य समय : कसले के भने ?
राष्ट्रिय सभाको शून्य समय : कसले के भने ?
उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त
उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त
नेपाली काङ्रेसको  विशाल आमसभा आज कपनमा !
नेपाली काङ्रेसको विशाल आमसभा आज कपनमा !
राज्जा रानी’ रिलिज मिति प्रिपोन्ड , केकी–नाजिर फिचर गीत लन्च ।
राज्जा रानी’ रिलिज मिति प्रिपोन्ड , केकी–नाजिर फिचर गीत लन्च ।
बिहे गर्दा लाइफ ड्यामेज हुन्छ भन्ने बाबाले नै गरे बिहे
बिहे गर्दा लाइफ ड्यामेज हुन्छ भन्ने बाबाले नै गरे बिहे
झुटा विवरण पेश गरी ​नेपाली नागरिकता लिने भारतीय पक्राउ…
झुटा विवरण पेश गरी ​नेपाली नागरिकता लिने भारतीय पक्राउ…
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)