मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
सारांश
- २३ मंसिर, काठमाण्डौ ।
- गगन थापाले समग्र चुनावी परिणाम भने कांग्रेसका लागि ‘ठूलो दुर्घटना’ भनेका छन् ।
- समग्र चुनावी परिणामबारे सोधिएको प्रश्नमा उनले भने, ‘यसबारे अहिले नै हल्का ढंगले प्रतिक्रिया दिन्नँ ।
२३ मंसिर, काठमाण्डौ । गगन थापाले समग्र चुनावी परिणाम भने कांग्रेसका लागि ‘ठूलो दुर्घटना’ भनेका छन् । समग्र चुनावी परिणामबारे सोधिएको प्रश्नमा उनले भने, ‘यसबारे अहिले नै हल्का ढंगले प्रतिक्रिया दिन्नँ । यो कांग्रेसका लागि ठूलो दुर्घटना हो ।
उनले अब कांग्रेस यसरी नचल्ने बताए ।
उनले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री भन्दै चपली बम विस्फोटका घाइतेलाई भेट्न आग्रह गरे । बम विस्फोट प्रायोजित हुनेसक्ने भन्दै ओलीले भनेकोमा उनले खेद प्रकट गर्दै भने, ‘यो अहंकार प्रधानमन्त्रीका रुपमा नरहोस् ।’
र थापाले मतदाताहरुलाई धन्यवाद दिएका छन् । उनले अबको ५ वर्ष पूर्वप्रतिवद्धता अनुसार सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताएका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Rameshwar Lal Shrestha
Kasari chalcha?
Minuss Mantra
Congress ko bijayi jati ni ummedwar hunxan uniharule ramro rajniti arthat deuwa rajniti bahiskar garne Ho Vane agami chunab maa bam gathbandhan le ni khasai asar napuraula… Tasartha bijayi congress ummedwar harule rajniti pato ferera hidna suvakamana tatha sallah dina chahaanxu… ???
Tara Kc
नेतृत्व को तदर्थवादी शैली सभापतिले विभिन्न पदाधिकारी को मनोनयन नगर्नु, नाता वाद र किर्पा वाद मा हाबी हुनु , महा अभियोग लगाउनु आइजिपी प्रकरण मा शक्ति प्रयोग गर्नु नाकाबन्दी मा रचनात्मक भुमिका नखेल्नु उल्टै वारि को मानो खाइ पारी गै नाकाबन्दी लाई नै टेवा दिनु जनताको भावना बिपरित संविधान सम्सोधन को बखेडा झिक्नु बिबिद कारण ले तिमी हरु पतन भएका हौ र हुनु पनि पर्छ
Pabu Karki
Gagan dai hajur lai dherai dherai badhai cha…ab yesto kam garnus ki janta le hajur ko puja garos ..tapai marera bachnu vako bakti hajur ko yo nya jiwan ho .desh lai pargati tir lanu huncha vanneye pakka biswas cha
.ab ko kangres ko pardhan mantri tapai nai hunu parcha…
Deepak Khanal
Dhanna gagan bachexau
Arun Chitrakar
रामो् सोच्नु भयो !
Hira Pahadi
Good.
Omkar Khatri
अझै भ्रष्टाचार गर्न पुगेको छैन ने का लाई