नारायणगढ–मुग्लिन सडक भोलिदेखि दिउँसो बन्द !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
१४७ पटक हेरिएको
Shares

सारांश

  • चितवन, ३ जेठ ।
  • निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढ–मुग्लिन सडकमा भोलिदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ ।
  • नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात बन्द गरेर काम गरिने छ ।

चितवन, ३ जेठ । निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढ–मुग्लिन सडकमा भोलिदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात बन्द गरेर काम गरिने छ ।

निर्वाचनको लागि बिदामा गएका मजदुरहरु पनि काममा फर्किएकाले भोलिदेखि कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो । कतिपय मजदुर निर्वाचनमा गएपछि बाँकी रहेका मजदुरले सामान्य काम गरेको भएपनि सडक अवरुद्ध हुने गरी काम भएको थिएन ।

उक्त सडकको अहिलेसम्म ४७ प्रतिशत मात्रै काम भएको छ । भित्तो काट्ने काम बाँकी भए पनि कतिपय ठाउँमा कालोपत्र गर्ने काम सुरु भएको छ । खनालका अनुसार दुई किलोमिटर कालोपत्र गरिएको छ । वर्षात् अघि १२ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिख नेताको हत्यासम्बन्धी प्रमाणको अनुसन्धान गर्न भारत तयार : मोदी
शिख नेताको हत्यासम्बन्धी प्रमाणको अनुसन्धान गर्न भारत तयार : मोदी
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै
एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै
लुम्बिनी र पाेखरा नजाने भए माेदी ! कारण यस्ताे छ
लुम्बिनी र पाेखरा नजाने भए माेदी ! कारण यस्ताे छ
यात्रुको मृत्यु भएपछि काभ्रेमा तनाव,अरनिको राजमार्गबन्द
यात्रुको मृत्यु भएपछि काभ्रेमा तनाव,अरनिको राजमार्गबन्द
वनमन्त्रीको सय दिन कार्यकाल : नीति निर्माणदेखि ४८ ईआईए प्रतिवेदन स्वीकृत
वनमन्त्रीको सय दिन कार्यकाल : नीति निर्माणदेखि ४८ ईआईए प्रतिवेदन स्वीकृत
दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि किन पछि हटे देउवा
प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि किन पछि हटे देउवा
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस

तपाईंले छुटाउनुभयो कि?