घर बनाउने राहत नपाउँदा टहराकै बास

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
५४ पटक हेरिएको
Shares
घर बनाउने राहत नपाउँदा टहराकै बास

सारांश

  • रामपुर, पाल्पा, ७ जेठ , भूकम्प गएको तीन वर्ष भयो तर घर बनाउने राहत रकम नपाउँदा रम्भा गाउँपालिका–२ फोक्सिङकोट बस्ने लक्ष्मी गाहा अझै पनि टिनको टहरामा बास बस्दै आउनुभएको छ ।
  • २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले उहाँको घरमा पूर्ण क्षति पुगेको छ ।
  • भूकम्प गएको दिनदेखि उहाँको चार जनाको परिवार अहिलेसम्म चारैतिर टिनले बारेको टहरामा बसोबास गर्दै आउनुभएको छ ।

रामपुर, पाल्पा, ७ जेठ , भूकम्प गएको तीन वर्ष भयो तर घर बनाउने राहत रकम नपाउँदा रम्भा गाउँपालिका–२ फोक्सिङकोट बस्ने लक्ष्मी गाहा अझै पनि टिनको टहरामा बास बस्दै आउनुभएको छ ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले उहाँको घरमा पूर्ण क्षति पुगेको छ । भूकम्प गएको दिनदेखि उहाँको चार जनाको परिवार अहिलेसम्म चारैतिर टिनले बारेको टहरामा बसोबास गर्दै आउनुभएको छ । सरकारले भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको राहत रकम उहाँले नपाएको गुनासो गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, “भूकम्प गएको यतिका समय भयो तर घर बनाउन सकिएको छैन, स साना बालबच्चा लिएर टिनको टहरामा रातदिन गुजारा चलाउनु परेको छ ।” भूकम्प गएदेखि नै जस्तापाताको छाना, जस्तापाताकै गारो र जस्तापाता कै ढोकाको घर बनाएर दिनरात कटाउन बाध्य रहेको गाहा बताउनुहुन्छ ।

उहाँले भूकम्प पीडितका नाममा अहिलेसम्म राहतस्वरुप खाद्यान्न सामग्री, त्रिपाल, जाडोको कपडाका लागि रु ३५ हजार रकम बुझेको बताउनुभयो । “सरकारले घर बनाइदिने भनेर आश्वासन मात्र दियो, घर बनाउन दिने भनेको राहत रकमको पखाईमा तीन वर्ष बित्न लाग्यो” उहाँको भनाइ छ ।

घर बनाउनका लागि सरकारले रु तीन लाख दिन्छ भनेर कागजपत्र सम्बन्धित निकायमा पेश गरे पनि अहिलेसम्म राहत पाउने प्रक्रिया के भइरहेको छ, पाइन्छ कि पाइँदैन यसबारेमा कुनै जानकारी नभएको उहाँ बताउनुहुन्छ ।
रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा २०७२ को भूकम्पबाट १४१ घरमा भौतिक क्षति पुगेको विवरण राहतका लागि निवेदन संकलन भएकोमा प्राविधिकको स्थलगत अध्ययनपछि ३९ घरलाई सरकारी राहत पाउने गरी वर्गीकरण गरिए पनि अधिकांश पीडितले राहत रकम अझै पनि नपाउँदा टहरामै बस्न बाध्य रहेको स्थानीयवासी एवत सारु बताउनुहुन्छ ।

सरकारले पहिलो चरणमा रु ५० हजार, दोस्रो चरणमा रु एक लाख ५० हजार तथा अन्तिम चरणमा रु एक लाख गरी प्रत्येक भूकम्प पीडित परिवारलाई रु तीन लाखका दरले घर बनाउन सहयोग गर्ने बताए पनि यी योजना कागजमा सीमित रहेको पीडितले गुनासो गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
‘चक दे इण्डिया’की कोमल चोटाल अहिले भइन् निकै सुन्दर, हेर्नुहोस्  तस्वीरहरु
‘चक दे इण्डिया’की कोमल चोटाल अहिले भइन् निकै सुन्दर, हेर्नुहोस् तस्वीरहरु
संघसंस्थामा राजनीति घुसेर दुषित पारे : प्रधानमन्त्री ओली
संघसंस्थामा राजनीति घुसेर दुषित पारे : प्रधानमन्त्री ओली
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दियो
युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दियो
श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ
श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ
एमाले-माओवादी केन्द्र एकता संयोजन समिति बैठकको तयारी
एमाले-माओवादी केन्द्र एकता संयोजन समिति बैठकको तयारी
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित