निर्मलाको न्यायका लागि माइतीघर मन्डलामा प्रदर्शन
सारांश
- काठमाडौं, मंसिर २३ – बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि आइतबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरिएको छ ।
- ‘न्यायका लागि उठौं’ भन्ने आग्रहका साथ युवाहरुले निर्मलाको न्यायका निम्ति जोडदार माग गरेका हुन् ।
- स्वस्फूर्तरुपमा जम्मा भएका उनीहरुले सरकारले मानवअधिकारको रक्षा गर्न नसकेको आरोपसमेत लगाए ।
काठमाडौं, मंसिर २३ – बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि आइतबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरिएको छ ।
‘न्यायका लागि उठौं’ भन्ने आग्रहका साथ युवाहरुले निर्मलाको न्यायका निम्ति जोडदार माग गरेका हुन् । स्वस्फूर्तरुपमा जम्मा भएका उनीहरुले सरकारले मानवअधिकारको रक्षा गर्न नसकेको आरोपसमेत लगाए ।
विगत केही दिनयता निर्मलाको न्यायका लागि भन्दै माइतीघरमा प्रदर्शन भइरहेको छ । निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया