सिरिया आक्रमणलाई रुसले भन्यो ‘गुण्डागर्दी’

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सिरिया आक्रमणलाई रुसले भन्यो ‘गुण्डागर्दी’

सारांश

  • अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियामा भएको भनिएको रासायनिक हमलाको स्वतन्त्र रुपमा अनुसन्धान गर्नका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌लाई मनाउन नयाँ प्रयासहरू थालेका छन्।
  • यी तीन देशहरूले शनिबार सिरियाको रासायनिक अस्त्र निर्माण गर्ने ठानिएका क्षेत्रहरूमा क्षेप्यास्त्र हमला गरेका थिए।
  • यी तीनै देशले अन्य परिषद् सदस्यहरूलाई मस्यौदा प्रस्ताव समेत पठाएका थिए।

अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियामा भएको भनिएको रासायनिक हमलाको स्वतन्त्र रुपमा अनुसन्धान गर्नका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌लाई मनाउन नयाँ प्रयासहरू थालेका छन्।

यी तीन देशहरूले शनिबार सिरियाको रासायनिक अस्त्र निर्माण गर्ने ठानिएका क्षेत्रहरूमा क्षेप्यास्त्र हमला गरेका थिए।

यी तीनै देशले अन्य परिषद् सदस्यहरूलाई मस्यौदा प्रस्ताव समेत पठाएका थिए।

उक्त मस्यौदा प्रस्तावमा सिरियामा मानवीय सहायता पुर्याउन र संयुक्त राष्ट्रसंघले नेतृत्व गरेको शान्ति वार्तामा राष्ट्रपति बशर अल असदको सरकार पनि सामेल हुन आह्वान गरिएको छ।

आह्वान

उनीहरूले सोमबारबाट वार्ता सुरु हुने आशा व्यक्त गरेका छन्।

रुसले त्यस्तो जाँचबुझविरुद्ध भिटो अर्थात् विशेष अधिकार प्रयोग गरेको छ।

यसअघि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियालाई रासायनिक अस्त्रहरूको प्रयोग फेरि नगर्न चेतावनी दिँदै थप हवाई हमलाको चेतावनी दिएकी छन्।

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन नेटोका साझेदारहरूले अमेरिका, ब्रिटेन र फ्रान्सले सिरियामाथि चालेको कदमप्रति पूर्ण समर्थन रहेको बताएका छन्।

नेटोका महासचिव जेम्स स्टोलनबर्गले रातभरिको कारबाहीले सिरियाको रासायनिक हमलाको क्षमतामा उल्लेख्य रूपमा आँच आएको बताएका छन्।

उनले त्यसले सबै समस्या हल नगरे पनि निवारणका लागि जे गरियो त्यो नै सही भएको बताए।

‘गुण्डागर्दी’

अमेरिकाले सिरिया सरकारले फेरि पनि रासायनिक अस्त्रको प्रयोग गरे आफूले सिरियाविरुद्ध थप क्षेप्यास्त्र हमला गर्ने चेतावनी दिएको छ।

अमेरिका, ब्रिटेन र फ्रान्सले गरेको हमलाबारे रुसले गरेको निन्दालाई समर्थन गर्न राष्ट्रसंघको बैठक विफल भएको छ।

जम्मा दुई देशहरूले मात्रै त्यसको पक्षमा मत दिए।

गत साता सिरियाको डुमा क्षेत्रमा भएको भनिएको रासायनिक अस्त्र हमलाको प्रतिक्रियामा गरिएको हमलालाई रुसी राजदूत भसिलि नबेन्जियाले ‘गुण्डागर्दी’ भनेका छन्।

उनले अन्तर्राष्ट्रिय कानुनमाथि जबर्जस्ती उपेक्षा भएको पनि बताए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले ‘खतरनाक परिस्थिति’ भन्दै संयम रहन आह्वान गरेका छन्।

-बिबिसीबाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ramesh Wagle

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
नेकपा केन्द्रीय कमिटी बैठक  : समाजवादमा जान सुझाव
नेकपा केन्द्रीय कमिटी बैठक : समाजवादमा जान सुझाव
निर्वाचनबारेमा भ्रम फैलाउने नौ जना पक्राउ
निर्वाचनबारेमा भ्रम फैलाउने नौ जना पक्राउ
स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री डा महत
स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री डा महत
शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने
शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने
कांग्रेस सबैभन्दा अगाडि, दोस्रोमा राजपा नेपाल
कांग्रेस सबैभन्दा अगाडि, दोस्रोमा राजपा नेपाल
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना
१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या
तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ को घोषणा, मेलामा के के हुँदैछ ?
तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ को घोषणा, मेलामा के के हुँदैछ ?

तपाईंले छुटाउनुभयो कि?