तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ को घोषणा, मेलामा के के हुँदैछ ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३५ पटक हेरिएको
Shares
तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ को घोषणा, मेलामा के के हुँदैछ ?

सारांश

  • काठमाडौं, १२ चैत ।
  • वान अप प्रालिले यही चैत १६ र १७ गते “तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४”को घोषणा गरेको छ ।
  • विगतमा पनि यस्तो मेला आयोजना गर्दै आएको वान अप प्रालिले यस वर्ष पनि शैक्षिक मेला आयोजना गर्ने घोषणा गरेको हो ।

काठमाडौं, १२ चैत । वान अप प्रालिले यही चैत १६ र १७ गते “तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४”को घोषणा गरेको छ । विगतमा पनि यस्तो मेला आयोजना गर्दै आएको वान अप प्रालिले यस वर्ष पनि शैक्षिक मेला आयोजना गर्ने घोषणा गरेको हो ।

परिवर्तनशील विश्व परिवेशमा नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको प्रालिले जनाएको छ । काठमाडौंको दरवारमार्गस्थित होटेल अन्नपूर्णमा मार्च ३० र ३१ (चैत १६ र १७) मा यो मेला आयोजना हुँदैछ । उत्कृष्ट कलेज र युनिभर्सिटी तथा कन्सल्टेन्सीहरु गरी ३० वटा भन्दा बढी संस्थाहरु मेलामा सहभागी हुँदैछन् । यो मेलामा सहभागी हुने संस्थाहरु नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ बमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त छन् ।

मेलामा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, क्ष्भ्ीत्क् मा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइने आयोजकले जनाएको छ । ब्रिटिस काउन्सिल प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलियाका उत्कृष्ट कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृतरुपमा जानकारी पाउन सक्ने बताइएको छ । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रवृत्तिको अवसर तथा दक्ष तथा मान्यताप्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिइने छ । फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउने प्रालिका भोला पोख्रेलले जनाएका छन् ।

यस एजुकेशन फेयरको इन एशोसिएशन विथमा एजुकेशन पार्क रहेको छ । फेयरको मुख्य प्रायोजकहरुमा हार्वर कलेज अस्ट्रेलिया, अस स्टडीज, एआइपी एजुकेशन कन्सल्टेन्सी, इ–प्लानेट एजुकेशन, काठमाडौं इन्फोसिस, ओली एण्ड एसोसिएट्स, प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी र क्विन्सफोर्ड कलेज अस्ट्रेलिया रहेका छन् ।

यस फेयरको प्रायोजकहरुमा भने डाइनामिक युनिभर्स, हब इन्टरनेशल, एक्सेस एजुकेशन नेटवर्क, एइ ग्लोवल, अल्फाविटा, बुमर्याङ इन्टरनेशनल, चिसम इन्ष्टिच्युट, एक्सपर्ट एजुकेशन, ग्रेस इन्टरनेशनल, मेट्स एजुकेशन, नोवेल एजुकेशन, पाथ फाइन्डर इन्टरनेशल एजुकेशन, पिक्सर एजुकेशन, द–नेक्स्ट, युनिक्याम्पस र वाइड रेन्ज इन्टरनेशनल रहेका छन् । फेयरको आइटी पार्टनरमा कम्युनिकेट मिडिया रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?