रिसर्च : चिनीले गर्छ रिस कम

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
रिसर्च : चिनीले गर्छ रिस कम

सारांश

  • गुलियो स्वाद मन पराउनेले विभिन्न परिकारमा चिनी प्रयोग गर्छन् ।
  • चिनीको मिठासबारे कुरा गरिराख्नै परेन ।
  • वैज्ञानिकहरूले एउटा यस्तो दाबी पनि गरेका छन् कि, चिनीले रिस कम गर्न भूमिका खेल्छ ।

गुलियो स्वाद मन पराउनेले विभिन्न परिकारमा चिनी प्रयोग गर्छन् । चिनीको मिठासबारे कुरा गरिराख्नै परेन । वैज्ञानिकहरूले एउटा यस्तो दाबी पनि गरेका छन् कि, चिनीले रिस कम गर्न भूमिका खेल्छ ।

चिनी खाँदा जिब्रोमा जति मिठास उत्पन्न हुन्छ, त्यति नै तनाव अन्त्य गरेर मीठो प्रतिफल पनि प्राप्त हुने लन्डन युनिभर्सिटीका वैज्ञानिकहरूले बताएका छन् । उनीहरूले अनुसन्धानपछि दाबी गरेका छन् कि, चिनीले रिस अन्त्य गरेर दिमाग शान्त र रोमान्टिक बनाउन मद्दत गर्छ ।

उनीहरूका अनुसार मस्तिष्कको एक हिस्साले हरेक कुराको निर्णय लिने र आक्रोश नियन्त्रण गर्ने काम गर्छ र चिनीले मस्तिष्कको उही हिस्सालाई ऊर्जा दिएर सक्रिय बनाउँछ । कैयौँ पुरुष र महिलालाई दुई समूह बनाएर यो अनुसन्धानमा सहभागी गराइएको थियो ।

एक समूहलाई चिनी राखिएको कागती पानी र अर्को समूहलाई कृत्रिम मिठासयुक्त परिकार खान दिइएको थियो । शोधकर्ताले भनेका छन्, चिनी मिसाइएको कागती पानी पिउनेको दिमाग अर्को समूहको तुलनामा केहीबेरमै शान्त र रोमान्टिक पाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?