नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

सारांश

  • न्युयोर्क, ८ असोज ।
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्रसंघको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताएका छन् ।
  • जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र राष्ट्रसंघलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको अधिवेशन उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

न्युयोर्क, ८ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्रसंघको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताएका छन् । जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र राष्ट्रसंघलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको अधिवेशन उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी छन् । सोही अवसरमा न्युयोर्कमा नेपाल टेलिभिजन र रासससँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।

मन्त्री ज्ञवालीले नेपालमा निकै लामो संघर्षपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गरिएको र त्यसलाई कार्यान्वयन गर्न तीन तहको निर्वाचन भएको उल्लेख गरे । उनले मुुलुक राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरिरहेको र यस अवस्थामा नेपालले हासिल गरेका उपलब्धि सरकारले विश्वसमक्ष प्रस्तुत गर्न चाहेको धारणा व्यक्त गरे ।

मन्त्री ज्ञवालीले नेपालको युगान्तकारी परिवर्तनमा राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदाय सबैको सद्भाव रहेको र नेपाल सरकारले यस उपलब्धिलाई नेपाली जनताको आर्थिक जीवनसँग जोड्न चाहेको बताए । उनले “‘समृद्ध नेपाल र सुखी नेपाली”को नारा नेपालका मित्रहरूलाई बुझाउने, यसमा पनि उनीहरूको साथ र समर्थन जुटाउने र त्यसलाई प्राप्त गर्न आग्रह गर्न राष्ट्रसंघको महासभालाई उपयोग गर्ने उद्देश्य राखिएको बताए ।

राष्ट्रसंघकै विषयमा सोधिएको प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले यस विश्व संस्थाको भूमिकाकै विषयमा नयाँ सोच र नारा अगाडि सारिएको र यसलाई सबै जनतासँग सम्बन्धित बताउन शान्त, समतापूर्ण र दिगो विकासयुक्त समाज निर्माण गर्न सबैले आफ्नो स्थानबाट काम गरून् भन्ने यस महासभाको नारा भएको उल्लेख गरे । उनले राष्ट्रसंघलाई समयानुकूल बनाउनुपर्छ भन्ने विषय नेपालले धेरै अगाडिदेखि उठाउँदै आएको जानकारी दिए ।

मन्त्री ज्ञवालीले दिगो विकासको योजनाको १२ वर्ष बाँकी रहेको, त्यसलाई प्राप्त गर्न विशेष प्राथमिकताका साथ कार्य गर्न नसकिएको र युद्धमा भएका खर्चको निकै सानो भाग मात्र स्वास्थ्य तथा शिक्षामा खर्च हुने गरेको बताए । उनले महासभाको अधिवेशनबीच विभिन्न मुलुकका सरकार प्रमुखसँग हुने भेटघाट तथा छलफल नेपालको कूटनीतिक सम्बन्ध विस्तार गर्न उपयोगी हुने ठानिएको उल्लेख गरे ।

मन्त्री ज्ञवालीले बहुपक्षीयतासम्बन्धी र मानव जातिले भोगेको समस्या समाधान गर्न साझा र समन्वयात्मक प्रयासको खाँचो रहेको बताए । उनले बहुपक्षीयतामाथि विभिन्न प्रश्न उठाइएको, वस्तु, सेवा र आवागमनमा विभिन्न अवरोध सिर्जना हुन थालेको र विश्वव्यापीकरणलाई उल्ट्याउन केही मुलुकले संरक्षणवादी नीति बनाएर लाद्न खोजेको उल्लेख गरे । उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, मानवअधिकार परिषद् र विश्व व्यापार सङ्गठन जस्ता बहुपक्षीय प्रयासलाई कमजोर पार्ने प्रयास भएको उदाहरण दिए ।

मन्त्री ज्ञवाालीले हाल संयुक्त राष्ट्रसंघको भूमिकामा प्रश्न उठाउन थालिएको र विकासोन्मुख मुलुकलाई विकसित देशले दिएको योगदान कटौती हुँदै गएको बताए । उनले यी समस्या समाधान गर्न, संयुक्त राष्ट्रसंघको भूमिका प्रभावकारी बनाउन र बहुपक्षीयताका कुरालाई बहुपक्षीय, क्षेत्रीय र विश्वव्यापी रूपमा उठाउन नेपालले चाहेको उल्लेख पनि गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटर ब्याजी परदेशीको गरियो पोलिग्राफ टेष्ट
मिटर ब्याजी परदेशीको गरियो पोलिग्राफ टेष्ट
राष्ट्रिय जनमोर्चाका युवा नेता सुरेश थापालाई पितृशोक
राष्ट्रिय जनमोर्चाका युवा नेता सुरेश थापालाई पितृशोक
रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित, तनाव चुलियो
रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित, तनाव चुलियो
महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित
महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित
सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?
सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका
डीपीएल– २ मा यसरी जोडिए चर्चित गायक प्रमोद खरेल
डीपीएल– २ मा यसरी जोडिए चर्चित गायक प्रमोद खरेल
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्रा दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्रा दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन
प्रधानमन्त्री दाहाल भन्छन् : भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ
प्रधानमन्त्री दाहाल भन्छन् : भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने

तपाईंले छुटाउनुभयो कि?