रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न

सारांश

  • ललितपुर, ३ वैशाख , सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको जात्राअन्तर्गत आज कटुवाल दहमा जात्रा मनाइँदैछ ।
  • भारतको कामरुकामक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको दिन भएकाले यो दिन उत्सवका रुपमा मनाइने गरिएको मूल पुजारी कपिल गुरुजुले बताउनुभयो ।
  • आज रातभर पानेजु, पुजारीलगायतले पूजाआजा गर्छन् ।

ललितपुर, ३ वैशाख , सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको जात्राअन्तर्गत आज कटुवाल दहमा जात्रा मनाइँदैछ ।

भारतको कामरुकामक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको दिन भएकाले यो दिन उत्सवका रुपमा मनाइने गरिएको मूल पुजारी कपिल गुरुजुले बताउनुभयो ।

आज रातभर पानेजु, पुजारीलगायतले पूजाआजा गर्छन् । उहाँ भन्नुहुन्छ, “आज रातभर दहमा नै भव्य रुपमा जात्रा हुने गर्छ ।” भोलि भमराका रुपमा देवतालाई कलशमा राखेर पाटन ल्याइन्छ । वैशाख शुक्ल प्रतिपदा भएकाले भोलि विधिपूर्वक रथारोहण पनि हुन्छ ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मत्स्येन्द्रनाथको जात्राअन्तर्गत दशकर्म गरिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । मत्स्येन्द्रनाथलाई महिला र पुरुष दुवै रुपमा मानिने भएकाले धार्मिक परम्पराअनुसार महिला र पुरुषलाई गरिने दशकर्म पनि गरिँदै आएको हो । यसअन्तर्गत अन्नप्राशन, व्रतबन्ध, गुफा राख्ने, इही गर्ने, बेलविवाहलगायतका कर्म गरिन्छ ।
उहाँले भन्नुभयो “हिन्दू धर्मअनुसारका कर्महरु व्राह्मणले र बौद्ध धर्मअनुसारका कर्महरु बज्राचार्यले गर्दै आएका छन् ।” त्यसपछि विधिवत् रुपमा रथारोहण गराई रथायात्रा शुरु हुन्छ ।

वैशाख कृष्ण प्रतिपदाका दिन मत्स्येन्द्रनाथको महास्नानबाट जात्राको शुभारम्भ भएको हो । मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिने भएकाले पनि जात्रा आयोजना गर्दा सहकाल लाग्ने जनविश्वास छ ।

वैशाख कृष्ण पक्षदेखि मत्स्येन्द्रनाथको दशकर्मसँगै रथ पनि बनाउने गरिन्छ । वैशाख कृष्ण प्रतिपदामा महास्नान गरे पनि वैशाख शुक्ल प्रतिपदा (अर्थात् भोलि बुधबार) मा रथारोहण गरिन्छ । वैशाख शुक्ल चतुर्थीका दिन (६ वैशाखमा) रथ यात्रा हुनेछ ।

स्नानको रात मत्स्येन्द्रनाथको मृत्यु संस्कार गरिने जोशीले बताउनुभयो । मृत्यु संस्कारमा मुर्दाबाजा बजाउने गरिन्छ । छोराको मृत्युबाट दुःखित भएर आमा डोलमाजु रुन्छिन् । उनलाई फकाउन हिरण्यवर्ण महाविहारका गुरुजुहरु आउँछन् । उनीहरुले तन्त्रहरुको उच्चारण गरेर आमालाई छोरा मरेको छैन र कहिल्यै मर्दैनन् नरुनुहोस् आमा अबको १५ दिनमा यहाँ जात्रा हुनेछ भनेर सम्झाउँछन् । उहाँले भन्नुभयो, “स्नानको भोलिपल्ट वर्षेनी मत्स्येन्द्रनाथको आमाको मन्दिर आसपासमा जात्रामा प्रयोग हुने सामग्री प्रदर्शनी हुँदै आएको छ ।”

किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पार्ने नागहरूलाई आफ्नो आसन बनाए । बाह्र वर्षसम्म वर्षा नभई अनिकाल परेपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुरमा ल्याएमा उनलाई मनाउन सकिने र सहकाल लाग्ने भन्ने थाह पाए । भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई ल्याउने निर्णय भयो ।

भारतको आसाम कामारुकामाक्षेमा रहेका मत्स्येन्द्रनाथलाई बोकेर कान्तिपुर ल्याउने क्रममा उनलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वास कृषक ललितको थियो । उनले निकै चलाखी गर्दै मत्स्येन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए ।

राति भइसक्यो अब आज पाटनमा बसौँ भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मत्स्येन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोहीअनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे । आफूहरु बन्धक बनेको चाल पाएपछि भक्तपुरका राजा र पाटनका राजाबीच निकै विवाद प¥यो ।

विवादले निर्णायक मोड नलिएपछि त्यहाँका थकालीले जे निर्णय गर्छन् त्यही स्वीकार्य हुने सहमति भयो । त्यसमा पनि पुनः चलाखी गर्दै कृषक ललित रथचक्रले थकालीलाई दहीमा अलिकति नून राखेर खानदिए । थकालीलाई दही खाइसकेपछि त्यसमा नून थियो भनेर जानकारी दिइयो । नूनको सोझो गर्नैपर्ने बाध्यतामा थकालीले मत्स्येन्द्रनाथलाई पाटनमा नै राख्नपर्ने निर्णय गरिदिए ।

मत्स्येन्द्रनाथलाई पाटनमा ल्याएको थाहा पाएपछि गोरखनाथले आफ्ना गुरु मत्स्येन्द्रनाथको दर्शन गर्न भनी उठेकाले उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनः सहकाल लाग्यो ।

मत्स्येन्द्रनाथलाई ल्याएर १२ वर्षपछि पाटनमा वर्षा भएको सम्झनामा वर्षेनी मत्स्येन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आएको छ । बत्तीस लक्षणयुक्त मत्स्येन्द्रनाथको मूर्ति बनाउनका लागि मात्र पनि म्हैपीबाट ३२ किसिमका माटो ल्याइन्छ ।

भक्तपुरका राजा र काठमाडौँका गुरुले मत्स्येन्द्रनाथलाई उपत्यकामा ल्याउन ठूलो मद्दत गरेकाले रथयात्राका क्रममा भक्तपुर र काठमाडौँवासीले समेत आएर रथ तान्ने गर्छन् । सुन्धारादेखि लगनखेलसम्मको रथयात्रामा भने रथ तान्ने जिम्मा ललितपुरवासीको हुन्छ । उनीहरुले कृषक ललितको नाममा रथ तान्ने गर्छन् ।

पुल्चोकबाट शुरु हुने रथयात्रामा गाबहालसम्म रथ तान्नुपर्ने जिम्मेवारी भक्तपुरवासीको हो भने गाबहालबाट सुन्धारासम्म काठमाडौँवासीको तर निकै पहिलेदेखि नै उनीहरुले रथ तान्न आउन छाडिसकेका छन् । मत्स्येन्द्रनाथको विभिन्न कर्मविधिहरुमा भन्दा पनि रथयात्रामा नै समय धेरै लाग्ने भएकाले पनि जात्रा निकै लामो हुने गरेको छ ।

मत्स्येन्द्रनाथको जात्राका लागि यो वर्ष झण्डै रु ७० लाख लाग्ने गुठी संस्थान ललितपुर शाखाका प्रमुख सैलेन्द्रले बताउनुभयो । झण्डै रु ५० लाख रथ निर्माणमा र अरु रकम अरु काममा खर्च हुन्छ । मत्स्येन्द्रनाथको जात्रामा लाग्ने खर्च वर्षेनी बढिरहेको छ । उहाँ भन्नुहुन्छ, “उहाँ भन्नुहुन्छ, “एकातिर काठ र बेतमा बढी रकम परिरहेको छ भने कादारको ज्याला पनि बढिरहेको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्योति मगरलाइ टक्कर दिने अर्को हट मोडल मेघना मगरको सेक्सी फोटो सार्वजानिक
ज्योति मगरलाइ टक्कर दिने अर्को हट मोडल मेघना मगरको सेक्सी फोटो सार्वजानिक
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय
गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई
क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई
Ranveer Singh hints patch-up with her X girlfriend Husband Virat Kohli
Ranveer Singh hints patch-up with her X girlfriend Husband Virat Kohli
सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन
सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन
प्रचण्डका ज्वाइँ र बुहारी ,देउवाकी श्रीमती र ओलीका सालो चुनावी मैदानमा !
प्रचण्डका ज्वाइँ र बुहारी ,देउवाकी श्रीमती र ओलीका सालो चुनावी मैदानमा !
रबि लामिछाने विरुद्ध अदालतमा पेश गरिएको अभियोग पत्रमा के छ ?
रबि लामिछाने विरुद्ध अदालतमा पेश गरिएको अभियोग पत्रमा के छ ?

तपाईंले छुटाउनुभयो कि?