क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
४६ पटक हेरिएको
Shares
क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई

सारांश

  • चितवन ।
  • भरतपुरस्थिति विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ ।
  • कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा.

चितवन । भरतपुरस्थिति विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ । कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा. विजयराज न्यौपानेलाई अधिकार दिइएको हो ।

अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नहुञ्जेलसम्मका लागि आर्थिक अधिकार अध्यक्ष डा. न्यौपानेलाई दिएको हो । अध्यक्ष डा. न्यौपानेका अनुसार कार्यकारी निर्देशक नियुक्ति नहुन्जेलसम्मका लागि कर्मचारी, चिकित्सकको तलब लगायतका भुक्तानी दिनका लागि आर्थिक अधिकार अध्यक्षलाई दिने निर्णय भएको छ । अध्यक्ष डा न्यौपानेले भने, “अल्पकालीन रुपमा दैनिक आर्थिक क्रियाकलाप सञ्चालन गर्न र कर्मचारीलाई तलब खुवाउन बैठकले मलाई आर्थिक अधिकार दिएको छ ।”

समितिमा कार्यकारी निर्देशक सिफारिस समिति गठनका विषयमा छलफल गरे पनि टुङ्गो लाग्न सकेको छैन । सिफारिस समितिमा कोको रहने भन्ने विषयमा नै कुरा नमिलेपछि बैठकले यस विषयमा ठोस निर्णय गर्न नसकेको हो ।

सञ्चालक समितिले सिफारिस समिति बनाएर सोही समितिले कार्यकारीको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ । सिफारिस समितिले सिफारिस गरेका नाम मध्येबाट कुनै एकजना व्यक्तिलाई उपयुक्तताका आधारमा कार्यकारी निर्देशकको पदमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ ।

सिफारिस समितिमा सञ्चालक समितिले तोकेको समितिको सदस्य संयोजक रहने व्यवस्था छ । मनोनीत चिकित्सक सदस्य मध्येबाट एक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सदस्य रहने छ ।

अस्पतालको कार्यकारी निर्देशकका लागि प्रतिस्पर्धामा अस्पतालमा कार्यरत डा. शिवजी पौडेल, डा. विजय आचार्य र डा. कृष्णसागर शर्मा रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद बैठक सकियो, तत्काल कोही मन्त्री नहटाइने
मन्त्रिपरिषद बैठक सकियो, तत्काल कोही मन्त्री नहटाइने
पहिरोले तीन घर पुरिए घर, भित्र मानिस रहेकाे अाशंका
पहिरोले तीन घर पुरिए घर, भित्र मानिस रहेकाे अाशंका
पार्टी एकता प्रधानमन्त्री ओली र प्रचण्डमा भर, आज छलफल हुँदै
पार्टी एकता प्रधानमन्त्री ओली र प्रचण्डमा भर, आज छलफल हुँदै
बिहीबार सबै अदालत बिदा
बिहीबार सबै अदालत बिदा
अर्थमन्त्रीसहित तीनजनाले अब सपथ लिन पाउने
अर्थमन्त्रीसहित तीनजनाले अब सपथ लिन पाउने
मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ र त्यही अनुसार तयारी भैरहेको छ : डा. महत
मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ र त्यही अनुसार तयारी भैरहेको छ : डा. महत
सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई शशांक कोइरालाको व्यंग्य !
सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई शशांक कोइरालाको व्यंग्य !
विश्वकप फुटबुल २०१८:  कुन टिमलाई अन्तिम १६ मा पर्न के चाहिन्छ ?
विश्वकप फुटबुल २०१८: कुन टिमलाई अन्तिम १६ मा पर्न के चाहिन्छ ?
सत्तारुढ दलकै सांसदहरुले यसरि गरे मन्त्रीहरुको आलोचना
सत्तारुढ दलकै सांसदहरुले यसरि गरे मन्त्रीहरुको आलोचना
नेपाल सरककारले गर्याे ७० वर्षमाथिका वृद्ध-वृद्धालाई यस्तो  सुविधा
नेपाल सरककारले गर्याे ७० वर्षमाथिका वृद्ध-वृद्धालाई यस्तो सुविधा