यातायात व्यवसायीको आन्दोलन : घेराउदेखि ग्यारेजमा गाडी थन्क्याउनेसम्म

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
यातायात व्यवसायीको आन्दोलन : घेराउदेखि ग्यारेजमा गाडी थन्क्याउनेसम्म

सारांश

  • काठमाडौं :  सिन्डिकेट खारेजीविरुद्ध यातायात व्यवसायीले चरणबद्ध आन्दोलन घोषणा गरेका छन्।
  • सरकारले सिन्डिकेट हटाउन अटेर गर्ने यातायात व्यवसायी संघसंस्था  र समिति खारेज गर्ने निर्णय गरेको भोलिपल्ट राजधानीमा पत्रकार सम्मेलन गरी व्यवसायीहरूले आन्दोन घोषणा गरेका हुन्।
  • व्यवसायीले बुधबार पत्रकार सम्मेलन गरी यातायात कार्यालय घेराउदेखि ग्यारेजमा गाडी थन्क्याउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

काठमाडौं :  सिन्डिकेट खारेजीविरुद्ध यातायात व्यवसायीले चरणबद्ध आन्दोलन घोषणा गरेका छन्। सरकारले सिन्डिकेट हटाउन अटेर गर्ने यातायात व्यवसायी संघसंस्था  र समिति खारेज गर्ने निर्णय गरेको भोलिपल्ट राजधानीमा पत्रकार सम्मेलन गरी व्यवसायीहरूले आन्दोन घोषणा गरेका हुन्।

व्यवसायीले बुधबार पत्रकार सम्मेलन गरी यातायात कार्यालय घेराउदेखि ग्यारेजमा गाडी थन्क्याउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

यातायात व्यवसायीले बैशाख ५ गते केन्द्रदेखि ७ वटै प्रदेशमा पत्रकार सम्मेलन गरी आन्दोलनको सुरुवात गरेका छन्। बैशाख १४ र १५ गते सबै जिल्ला सदरमुकाम र काठमाडौं उपत्यकामा गाडी क्यू फ्रीमा छाड्ने, १६  गते  देशभरका यातायात कार्यालय घेराउ गर्ने र २१ गते आफ्ना गाडी घर र ग्यारेजमा थन्क्याउने  आन्दोलनको कार्यक्रममा उल्लेख छ।

बैशाख २७ गतेदेखि अर्को निर्णय नभएसम्म उनीहरूले गाडी नचलाउने निर्णय गरेका छन्। २७ गतेदेखि आमहड्ताल गर्ने चेतावनी दिए पनि उनीहरूले ‘आफ्ना गाडी घर ग्यारेजमा थन्क्याउने’ भन्ने कुटनीतिक भाषा प्रयोग गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?