मन्त्रालयमा मन्त्रीको हालीमुहाली बन्द हुने संकेत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
२
|
५८ पटक हेरिएको
Shares
मन्त्रालयमा मन्त्रीको हालीमुहाली बन्द हुने संकेत

सारांश

  • काठमाडौं – अब मन्त्रीले समूह र विज्ञता नमिले पनि आफूलाई मन लागे जुनसुकै निकायको सचिव टिपेर लैजाने र मन नपरे सरुवा गरिहाल्ने परम्परा बन्द हुने भएको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई जानकारी नदिई एकैपटक तीस सचिवको सरुवा गरेपछि सचिव सरुवामा मन्त्रीको हालिमुहालीमा ब्रेक लाग्ने स्थिति देखिएकोे हो।
  •  आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं – अब मन्त्रीले समूह र विज्ञता नमिले पनि आफूलाई मन लागे जुनसुकै निकायको सचिव टिपेर लैजाने र मन नपरे सरुवा गरिहाल्ने परम्परा बन्द हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई जानकारी नदिई एकैपटक तीस सचिवको सरुवा गरेपछि सचिव सरुवामा मन्त्रीको हालिमुहालीमा ब्रेक लाग्ने स्थिति देखिएकोे हो। आजको नागरिक दैनिकमा खबर छ ।

गत साताको बिहीबार प्रधानमन्त्री ओलीले संघीय ममिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग मात्र परामर्श गरी विभिन्न निकायका तीस सचिवको सरुवा गरेका थिए। यसको जानकारी अधिकांश मन्त्रीले शुक्रबार बिहानमात्र पाएका थिए, जुन दिन प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै थिए।

माओवादी केन्द्रका मन्त्रीले त प्रधानमन्त्रीले थाहै नदिई सचिव सरुवा गरेको भन्दै असन्तुष्टि जनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षणसमेत गराए। तर ओलीले सचिव सरुवा हेरफेर नहुने र विपक्षमा दौडधुपमा लाग्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। उनले प्रधानमन्त्री भएलगत्तै पहिलो पटक सचिव र मन्त्रीहरुलाई डाकेर अब मन्त्रीहरुलाई आफूखुसी सचिव टिपेर लैजान नदिने र मन्त्रीको घरदैलो चहारेको भरमा सचिवको सरुवा–बढुवा नहुने बताएका थिए।

प्रधानमन्त्रीको पछिल्लो कदमबाट नेताको घरमा धाउने र उनीहरुको स्वार्थ पूरा गरेकै भरमा महत्वपूर्ण निकायमा सरुवा–बढुवा हात पार्ने कर्मचारीलाई अप्ठेरो परेको छ भने दक्ष कर्मचारीमा हौसला बढेको देखिएको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Netra Ghimire

    good

    Comment Author

    Sandesh Kc

    GOOD JOB

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग
विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग
तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
1XBET Mobile Yukle 1xbet apk & app Android, iphone ilə idman mərcləri üçün mobil proqramlar 1xBet Azərbaycan aze 1xbet
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
छानबिनमा परेका प्रधानन्यायाधीश पराजुलीको पद के हुन्छ ?
छानबिनमा परेका प्रधानन्यायाधीश पराजुलीको पद के हुन्छ ?
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …
किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …
किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …
रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा
रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा
पोखराबाट पक्राउ परे मस्ट वान्टेड कोरियाली